काठमाडौँ | नेपाल सुपर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा काठमाण्डु गुर्खाजले १० ओभरमा ४ विकेट गुमाएर ७१ रन बनाएर खेलिरहेको छ।
आठौँ ओभरको चौथो बलमा चौथो विकेटको रुपमा जेरार्ड इरासमस १० रन जोडेर एलबीडब्लु धरापमा परे।
उनले ५ बलको सामना गरी १ चौका र १ छक्का हाने। यसअघि भीम सार्की, शंकर राना र माइकेल लेविट आउट भएका थिए।
काठमान्डुले जितका लागि १६८ रनको लक्ष्य पाएको छ।