८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चारकर्मीलाई धम्क्याएका साम्पाङविरुद्धको उजुरी प्रहरीद्वारा दर्ता गर्न अस्वीकार

२१ मंसिर २०८१, शुक्रबार १६:१७

सुनसरी | धरानका मेयर हर्क साम्पाङविरुद्ध सञ्चारकर्मीलाई धम्क्याएको आरोपमा प्रहरीमा उजुरी परेको छ। तर, प्रहरीले उक्त उजुरी दर्ता गर्न अस्वीकार गरेको बताइएको छ।

उनको कामका विषयमा समाचार लेखेका पत्रकारलाई सामाजिक सञ्जाल मार्फत धम्की दिएका मेयर साम्पाङविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको हो।

पत्रकार महासंघ सुनसरीको भेलापछि नेपाल पत्रकार महासङ्घ सुनसरी जिल्ला अध्यक्ष जनक ऋषि राई र केन्द्रीय पार्षद् गोपाल दाहालले शान्ति सुरक्षासहित आवश्यक कारबाहीको माग गर्दै प्रहरीमा कार्यालयमा उजुरी दिएका हुन्।

दुई दिन अघि साम्पाङले सामाजिक सञ्जाल मार्फत पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई र पत्रकार दाहाललाई धम्की दिएका थिए।

उनले आफू नियमित रूपमा भेला जाने पसलमा बिहीबार उपस्थित हुन आदेश समेत दिएका थिए।उनको अभिव्यक्तिले आफूहरू असुरक्षित भएको भन्दै पत्रकारहरूले सुरक्षाको माग समेत गरेका छन्।

साम्पाङले तथानाम गाली गलौज र अपशब्द प्रयोग गरी चोर फटाहा, तेरो पत्रकारिताको अन्त्य गर्छु तँ मुलाको यसरी बेईज्जेत गर्छु की शिर ठाडो पारेर नेपालमा हिँड्न नसक्ने पारिदिन्छु भनी सामाजिक सञ्जाल मार्फत धम्की दिएका थिए।

समाचार लेखेका पत्रकारलाई चिया पसलमा हाजिर हुन धम्की दिएका साम्पाङले बिहीबार पत्रकार सम्मेलन गरेर अदालतलाई समेत चुनौती दिएका छन्।
मेयर साम्पाङले तिहार छेका बेलायत भ्रमणमा जाँदा वडाध्यक्षलाई कार्यवाहक दिएका थिए।

उनले वडाध्यक्षलाई कार्यवाहक दिएको विषयमा उपमेयर आइन्द्र विक्रम बेघा उच्च अदालत रिट लिएर गएका थिए। बेघाको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता