२३ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाको आरोपपछि प्रहरीको प्रष्टोक्ति- ‘रविलाई सहमतिमै पोखरा लगिएको हो, डायरी हामीले देखेनौँ’

२१ मंसिर २०८१, शुक्रबार १७:५०

काठमाडौँ | चितवनको साहारा सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय चितवनले रवि लामिछानेलाई सहमतिमै पोखरा पठाइएको स्पष्ट पारेको छ। चितवन प्रहरीले यो कदम मानव अधिकारको उल्लङ्घन भएको भन्दै उठेको विवादलाई सम्बोधन गर्दै शुक्रबार स्पष्टीकरण दिएको हो।

चितवन प्रहरीका एसपी गौतम मिश्रका अनुसार लामिछानेलाई राति ३:३० बजे पोखरा पुर्‍याइएको थियो। उनले भने, “उहाँलाई जान सहमति भएपछि मात्र पोखरा लगिएको हो। यदि उहाँले अस्वीकार गर्नुभएको भए, हामी लग्ने थिएनौं।”

तर, रवि लामिछानेको दल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), ले सरकारको निर्देशनमा उनलाई जबर्जस्ती सुतिरहेको अवस्थामा उठाएर पोखरा पुर्‍याइएको दाबी गरेको छ। रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले यसलाई मानव अधिकारको उल्लङ्घन भन्दै विज्ञप्ति जारी गरेका छन्। झाले मानव अधिकारकर्मीहरूलाई समेत यस विषयमा ध्यान दिन आग्रह गरेका छन्।

त्यसैगरी, चितवन प्रहरीका एसपी मिश्रले लामिछानेसँग चितवनमा डायरी नभएको पनि स्पष्ट गरेका छन्। उनले भने, “चितवनमा उहाँको साथमा कुनै डायरी थिएन। हामीले कुनै डायरी देखेका छैनौं।”

रास्वपाले भने लामिछानेको निजी डायरी गायब पारिएको आरोप लगाएको छ । कार्यवाहक प्रवक्ता झाद्वारा जारी विज्ञप्तिमा यसबारे भनिएको छ, ‘सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ । हामी यसको घोर भर्त्सना गर्दछौँ ।’

सहकारी ठगीसम्बन्धी मुद्दामा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई बुटवल, काठमाडौं र चितवन पुर्‍याइसकिएको छ । अब उनलाई वीरगञ्ज पुर्‍याउने तयारी गरिएको छ ।

लामिछाने पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा र वीरगञ्जको सानो पाइला सहकारीको रकम अपचलनसम्बन्धी प्रकरणमा मुछिएका छन् । यसअघि सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय छानबिन समितिले लामिछानेमाथि अनुसन्धान गर्न सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल युक्रेन वार्ता अन्योलमा गैरीगाउँको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ नेप्से परिसूचक नौ अङ्कले बढ्यो श्रीलङ्कामा विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल प्रतिनिधिसभा सदस्य निर्वाचनः एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस जापानमा ६.४ म्याग्निच्युडको भूकम्प सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार