९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रास्वपा राजनीतिक रूपमा पतनको बाटोमा छः जसपा नेता पूर्ण बस्नेत

२२ मंसिर २०८१, शनिबार ०९:३४

काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिक रूपमा पतनको बाटोमा रहेको बताएका छन् ।

सहकारी संस्थाको रकम दुरूपयोग अभियोगमा पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि सो पार्टीका नेता र कार्यकर्ताहरूको गतिविधिप्रति लक्षित गर्दै उनले उक्त टिप्पणी गरेका हुन् ।

बस्नेतले भने, ‘सहकारी रकम अपचलन गरेको भन्दै अहिलेसम्म पाँचवटा जिल्ला अदालतले रविलाई पक्राउ पुर्जी जारी गरिसकेको अवस्था छ । पार्टीका सांसद र नेतालाई अदालतको मानहानीको मुद्दा लागेको छ । यस्तो अवस्थामा आत्मसमीक्षा, आत्मालोचना र स्विकारोक्तिबाट अगाडि बढ्नुको सट्टा रवि छोडो आन्दोलनको नाममा यिनीहरूको रमिता छ ।’‘कार्यकर्ताहरूको उक्साहट र हौसला यस्तो छ कि मानौँ रास्वपाले देशमा ठूलो राजनीतिक परिवर्तनको नेतृत्व गर्दै छ ।’ उनले कटाक्ष गरेका छन् ‘रास्वपाको राजनीतिक स्खलनको सुरुवात यहीँबाट हुन लागेको देखिन्छ, स्खलनको गति तीव्र छ ।’

करिब ७४ लाख सहकारी बचतकर्ताको लगभग २ खर्ब रकम हिनामिना भएको भन्दै एउटा राजनीतिक दलको रूपमा पीडितहरूको पक्षमा बहस, पैरवी गर्नुपर्नेमा पीडककै पक्षपोषण र संरक्षणमा उत्रिने रास्वपाको हर्कत राजनीतिक हुनै नसक्ने उनको ठम्याइ छ ।

सहकारी बचतकर्ताहरूको उठीबास लगाउने पीडकको जात, धर्म वा पार्टी नहुने भन्दै यस विषयमा निष्पक्ष रूपमा छानबिन गरी दोषीमाथि कडा कारबाही र पीडितलाई शीघ्र न्याय दिनुपर्ने उनको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता