८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेमाथि मानवअधिकार हनन भएको भन्दै रास्वपाको उजुरी

२३ मंसिर २०८१, आईतवार १२:५७

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ। चितवनबाट पोखरा लैजाने क्रममा राज्य संयन्त्रले अमानवीय र अन्यायपूर्ण व्यवहार गरेको रास्वपाले दाबी गरेको छ।

उजुरीमा २ कात्तिकमा पक्राउ परेपछि लामिछानेले मानसिक यातना भोग्नुपरेको र स्थानान्तरणका क्रममा राज्य संयन्त्रको दुरुपयोग भएको उल्लेख छ।

‘एक राजनीतिक दलको नेतालाई यातना दिने यो कार्य सरकारको गैरजिम्मेवारी र राज्य आतंकको उदाहरण हो। यसले नागरिकको मानवअधिकार हनन गरेको छ,’ उजुरीमा भनिएको छ।

रास्वपाले लामिछानेलाई बदनाम गर्न सञ्चारमाध्यमको दुरुपयोग गरिएको आरोप लगाएको छ। घटनाको सत्य छानबिन र न्यायिक समाधानको माग गर्दै आयोगसँग कडा कदम चाल्न अनुरोध गरिएको छ।

रास्वपाले न्याय, कानुनी शासन, र लोकतान्त्रिक मानवअधिकारको संरक्षणका लागि राष्ट्रिय मानवअधिकार आयोगबाट तत्काल पहल गर्न अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता