८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णयविरुद्ध रिटमा सुनुवाइ सकियो

२३ मंसिर २०८१, आईतवार १३:३७

काठमाडौँ | कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णयलाई चुनौती दिँदै दायर गरिएको रिटमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ सकिएको छ। न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा रिटमाथि प्रारम्भिक सुनुवाइ सकिएकाले आजै आदेश आउने समेत अपेक्षा गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यो निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। यस रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रतिवादी बनाइएको छ।

मानव तस्करीको आरोपमा अधिकारीलाई गत कात्तिक २५ गते पक्राउ गरिएको थियो। जापान भ्रमणमा गएका तीन युवालाई नक्कली परिचयपत्र बनाएर पठाएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको थियो। तीमध्ये खोटाङका दावा शेर्पा, रसुवाका कञ्चन देवकोटा, र जनक राईलाई जापानको अध्यागमनले फिर्ता गरिसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले पक्राउ गरेको थियो।

देवकोटा र राईले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कर्मचारीको नक्कली परिचयपत्र र शेर्पाले खोटाङको वडा सदस्यको नक्कली परिचयपत्र बोकेको पाइएको छ। अधिकारीले भने आफूले ती व्यक्तिहरूलाई हङकङमा भेटेर फिर्ता ल्याई नेपाल प्रहरीलाई बुझाएको दाबी गरेका छन्।

यसअघि, जिल्ला सरकारी वकिलको कार्यालयले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि उनी मंसिर ११ गते हिरासतबाट मुक्त भएका थिए। हाल यस निर्णयमाथि सर्वोच्च अदालतको आदेशको प्रतीक्षा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता