काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सांसद पदमा सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले रिक्त पदमा स्याङ्जाकी थापालाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
उनले भने,‘गण्डकी प्रदेशसभा सांसद विमला गौचनको असामहिक निधन भयो । त्यो रिक्त पदमा निर्वाचन आयोगले निर्देशन गरेअनुसार सो पदपूर्तिका लागि सुनिता थापालाई प्रस्ताव गरेर पठाउने कुरालाई बैठकले अनुमोदन गर्यो ।’
त्यस्तै, उनले कांग्रेसले चीनसँग बीआरआई अन्तर्गत ऋण नभई अनुदान लिनुपर्ने निर्णय अहिलेपनि कायमै राखेको बताए । अहिले भएको समझदारीले अनुदान लिने बाटो बन्द नगर्ने पार्टीको धारणा रहेको पनि उनले जानकारी दिए ।