९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सरकारले रविलाई नियतवस अमानविय व्यवहार गरिरहेको छ : कांग्रेसका सांसद शर्मा

२५ मंसिर २०८१, मंगलवार १३:४१

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेलाई सरकारले अमानविय व्यवहार गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सरकारले अन्यायपूर्ण ढंगले र नियतवस रुपमा लामिछानेलाई एउटा जिल्लाबाट अर्को जिल्लामा दौडाएर अमानवीय व्यवहार देखाएको आरोप लगाएका हुन‍् |

उनले भने, ‘अहिलेका गृहमन्त्री रमेश लेखक कानूनको ज्ञाता पनि हुनुहुन्छ । हाम्रो गृहमन्त्री नै भएको बेला यो केस न्यायिक निरूपणको विषय हुनुपर्ने हो । न्यायालयले यसबारे बोल्नुपर्ने हो । सकेसम्म पहिलो हप्ता नभए ८/१० दिनभित्र अदालतमा बुझाइदिनुपर्ने हो । तर, नियतवस र मानसिक रूपमा ह्यारेस गराउनका निम्ति रविलाई कहिले कता कहिले कता कुदाइएको छ । देख्दा र हेर्दा लोकलाई पनि लाज लाग्छ भनिन्छ नि त्यस्तै भएको छ । सबैले बुझ्ने गरी अन्यायपूर्ण ढंगले र नियतवस रुपमा यो काम भइरहेको छ । यो घटनाको घोर भर्त्सना गर्दछु । प्रधानमन्त्री, गृहमन्त्री र सरकारलाई तीन दिनभित्र म रवि लामिछानेको केस अदालतमा पेस गरियोस् भन्न चाहन्छु । विधिको शासन सबैले मान्नुपर्छ ।’

सांसद शर्माले गृहमन्त्री रमेश लेखकले पार्टीको प्रमुख सचेतक हुँदा सदनमा बोलाएर जिवी राईलाई किन पक्राउ नगरेको भनेर नारा लगाउन लगाएको भन्दै अहिले आफू गृहमन्त्री हुँदा किन पक्राउ नगरेको भनेर प्रश्न समेत गरे ।

उनले भने,‘गृहमन्त्री ज्यूलाई मेरो प्रश्न छ । हिजो पार्टीको सचेक हुँदा हामीलाई सदनमा रोस्टममा बोलाए जिवी राई खोई, किन पक्राउ नगरेको भनेर नारा जुलुस गर्न लगाउनु भयो । तर आज तपाईं आफै गृहमन्त्री हुँदा पक्राउ गर्ने दायित्व हो कि होइन् ? किन पक्राउ नगरेको ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता