२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेविरुद्ध पाँचवटै सहकारी प्रकरणमा मुद्दा दर्ता तयारी, अदालतको आदेशपछि थुनामुक्त हुन सक्ने

२०८१, २६ मंसिर बुधबार १५:२१

काठमाडौं | पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान लिने क्रम सकिएको छ । पर्साको वीरगन्जको सानोपाइला सहकारीको बयान सकिएसँगै उनको बयानको क्रममा सकिएको हो ।

कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सुरुमा कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणबारे बयान लिइएको थियो । पोखरापछि रुपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको साहारा सहकारीको रकम अपचलनबारे बयान लिइएको थियो । सोमबार पोखराबाट काठमाडौं हुँदै लामिछानेलाई हवाईमार्गमार्फत पर्सा पुर्‍याइएको थियो । मंगलबार बयान सकिएसँगै उनलाई पर्साबाट पुनः काठमाडाैं हुँदै पोखरा फर्काइयो ।

बुधबार दिउँसोको फ्लाइटमार्फत लामिछानेलाई पुनः कास्की पुर्‍याइएको हो । अब भने लामिछानेविरुद्ध अभियोजन गरेर जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गर्नेछ । प्रहरीका अनुसार लामिछानेले बयान दिएका पाँचवटै जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा एकसाथ दर्ता हुनेछन् । उनीसँगै पूर्वडिआईजी छविलाल जोशीसमेत प्रहरीको थुनामै छन् । उनी असोज ६ गते पक्राउ परेका थिए । प्रहरीले लामिछाने सहितका आरोपीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा अनुसन्धान गरेको थियो । सम्पत्ति शुद्धीकरण कसुरमा प्रहरीलाई ९० दिन थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ । सोहीअनुसार छविलाल जोशी पक्राउ परेको ८० दिन पूरा भएको छ ।

अबको १० दिन भित्र प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेको मुद्दा अदालत दर्ता गरिसक्नु पर्नेछ । आइतबार मात्रै रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीले छैटौँपटक चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको थियो ।

आजै म्यादसमेत सकिनेछ । प्रहरीले लामिछाने विरुद्ध पुनः म्याद थप गर्ने र सोही थप म्यादको अवधिभित्र उनको मुद्दा अदालत दर्ता गराउने तयारी जिल्ला सरकारी वकिल कार्यालयको छ । अबको १० दिनमा दर्ता हुने मुद्दामा पाँचवटै जिल्ला अदालतले साधारण तारेख वा धरौटीमा छोड्ने आदेश दिए मात्रै उनी थुनामुक्त हुनेछन् ।

पाँचमध्ये कुनै पनि एउटा अदालले उनलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश गरे भने उनी थुनाका लागि कारागार चलान हुनेछन् । प्रहरीका अनुसार लामिछानेले पाँचवटै जिल्लाको सहकारीको रकम अपचलन प्रकरणमा आफू निर्दोष रहेको इन्कारी बयान दिएका छन् ।

गोर्खा मिडियाअन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा सूर्यदर्शन, सुप्रिम, स्वणलक्ष्मी, साहारा र सानोपाइला सहकारीको रकम अवैध तरिकाले पुगेको खुलेपछि रविसहित छविसमेत पक्राउ परेका हुन् । ग्यालेक्सी टेलिभिजन ओखलढुंगाका गितेन्द्रबाबु राई जीबीले सञ्चालनमा ल्याएका हुन् । उसो त जीबी राई पाँचवटै सहकारीका सञ्चालक समेत हुन् । लामिछाने टेलिभिजनका पूर्वप्रबन्ध निर्देशक र छवि पूर्वसञ्चालक हुन् ।

संसदीय छानबिन समितिले जीबीले सञ्चालन गरेका विभिन्न पाँच सहकारीमार्फत ग्यालेक्सी टेलिभिनमा ६५ करोड रुपैयाँ अपचलन भएको तथ्य सार्वजनिक गरेपछि लामिछानेसहित पूर्वडीआईजी जोशी पक्राउ परेका हुन् ।

हाल उनीहरूसँगै लीला पछाईं र रामबहादुर खनालसमेत थुनामा छन् । सहकारीको रकम अपचलनका मुख्य आरोपी जीबी राईलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा