३१ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेविरुद्ध ३ मुद्दा दर्ता गर्नुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी

१ पुष २०८१, सोमबार १२:५३

काठमाडौँ | जिल्ला प्रहरी कार्यालय कास्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबारे अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन तयारीमा जुटेको छ । एकदुई दिनमै अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । कास्कीका एसपी श्यामबाबु ओलियाले भने, ‘अनुसन्धान अधिकृतहरूले प्रतिवेदन तयार गरिरहेका छन् ।’

लामिछाने कार्तिक २ मा काठमाडौँबाट पक्राउ परेका थिए । उनीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई राय सहितको प्रतिवेदन बुझाउने भएको छ । म्याद लिन बिहीबार रवि सहितका ५ जना प्रतिवादीलाई अदालतमा उपस्थित गराइँदै छ । कास्कीका एसपी ओलियाले भने, ‘भोलि म्याद लिन अदालतमा उपस्थित गराउँछौँ ।’

संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएपछि सूर्यदर्शनको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा सबैभन्दा पहिले पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए । उनी असोज ६ मा पक्राउ परेका हुन् । प्रहरीले उनीहरू विरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान गरिरहेको हुनाले ९० दिनभित्र मुद्दा अदालतमा दर्ता गरिसक्नुपर्छ । जोशी पक्राउ परेको दिनबाटै अरू ४ जनाको म्याद मिलान भएको हुनाले पुस ५ मा कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर गर्नुपर्ने कानुनी व्यवस्था छ ।

नेपाल प्रहरीका एक जना उच्च अधिकृतका अनुसार मुद्दाको अभियोग पत्र तयार गर्न जिल्ला सरकारी वकिल कार्यालय कास्कीले १० दिनको समय मागेको छ । ती उच्च अधिकृतले भने, ‘त्यसैले कम्तीमा ७ दिनअघि बुझाउने गरी प्रतिवेदन तयारी भइरहेको छ ।’

सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा लामिछाने, जोशी, गुल्मीको मुसिकोट नगरपालिका–४ घर भएकी लिला पछाई, तनहुँका राम बहादुर खनाल र पोखरा घर भएका कृष्ण गुरुङ प्रहरीको हिरासतमा छन् । पक्राउ परेका भन्दा बाहेक कम्तीमा ३५ जनालाई फरार प्रतिवादी कायम गर्न प्रहरीले राय दिने भएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘पक्राउ परेका ५ जनाभन्दा बाहेक ३५ जनालाई फरार प्रतिवादी हुन्छन् ।’

सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारा र सानो पाइलाबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रकम ल्याएर अपचलन गरेको सूर्य थापा नेतृत्वको संसदीय समितिको छानबिन निष्कर्ष छ । सूर्यदर्शनबाट मात्रै गोरखा मिडियामा ५ करोड ५८ लाख ल्याएको भेटिएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर–५ मा सञ्चालित सूर्यदर्शन सहकारीको सेयर सदस्य र ऋणी आफू नभएको रविले बयानमा बताएका छन् । बयानमा उनले भनेका छन्, ‘सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिइनँ ।’

सूर्यदर्शनमा आफूले बचत खाता तथा लोन खाता नखोलेको लामिछानेले बताएका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार बयानमा उनले भनेका छन्, ‘मैले उक्त सहकारीबाट ऋण लिएको छैन ।’आफ्नो नाममा ऋण निकासा भएको बारेमा लामिछानेले अनभिज्ञता जनाएका छन् । उनले भनेका छन्, ‘मेरो नाममा ऋण निकासा भएको बारेमा मलाई जानकारी छैन ।’

गितेन्द्रबावु (जीबी) राईले खोलेको कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिले सञ्चालन गरेको ग्यालेक्सी फोरके टिभीमा आफूलाई ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गर्न अनुरोध आएपछि त्यहाँ गएको बताएका छन् । गोर्खा मिडियामा आफूले १ करोड ८० लाखको सेयर लिएको उनले बताएका छन् । बयानमा उनले भनेका छन्, ‘१ करोड ८० लाखको सेयर मलाई दिने र सो सेयर पारिश्रमिकमा कट्टा गर्ने सर्तमा गोर्खा मिडियामा गएको थिएँ ।’जीबी राई सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए