८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको हिरासतको तस्बिर सामाजिक सञ्जालमा भाइरल, के हाे यथार्थ ?

४ पुष २०८१, बिहीबार ११:३२

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासत कक्षको भनिएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । तस्बिरमा एक व्यक्ति सिरक ओढेर सुतिरहेको देखिन्छ । ​टेबलमा केही पुस्तक, पानीको बोत्तल र अन्य सामाग्रीहरू छन् । एउटाको प्याकेटमा ‘टोकला टि’ लेखिएको स्पष्ट देखिन्छ ।

रास्वपाका नेता, कार्यकर्ताहरूले ती व्यक्ति रवि लामिछाने भएको दाबी गर्दै प्रहरीले गलत नियतले तस्बिर लिक गरेको आरोप लगाइरहेका छन् । “अन्याय गर्नुको पनि हद हुन्छ । रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला’, रास्वपाका कोषाध्यक्ष दीपक बोहोराले फेसबुकमा लेखेका छन् ।

बुधबार साँझदेखि अनलाइनमा भाइरल भइरहेको यो तस्बीरलाई लिएर कास्की प्रहरी कार्यालयले अनुसन्धान थालेको छ । कार्यालय प्रमुख एसपी श्याम ओलियाले घटनाबारे छानबिन भइरहेको जानकारी दिए ।

यसैबीच आफूलाई सामाजिक अभियन्ता बताउने डा. निकोलस भुसालले आफूले सीसीटीभी मनिटरबाट उक्त फोटो खिचेको दाबी गरेका छन् । उक्त फोटो केही दिनअघि भुसालकै आईडीबाट पोस्ट भएर डिलिट गरिएको पनि पाइएको छ । भुसालले तस्बिर आफैले खिचेको र कसैलाई दोषारोपण नगर्न आग्रह गरेका छन् ।

रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले पनि तस्बिर रवि लामिछानेकै भएको दाबी गरेका छन् ।

कानुनका जानकारहरूले कसैको फोटो अनुमति बिना खिच्नु, तोडमोड गर्नु र सार्वजनिक गर्नु दण्डनीय अपराध भएको बताएका छन् । हिरासतमा रहेका व्यक्तिको तस्बिर सार्वजनिक गर्नु कानुनी दृष्टिकोणले पनि विवादास्पद हुने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै