२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविलाई सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख बिगो माग, छविलालको ७४ करोड जफत गर्न माग

२०८१, ७ पुष आईतवार १५:०४

काठमाडौँ | पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृमन्त्री रवि लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको हो। मुद्दा दर्ताका लागि लामिछानेलाई बिहान अदालतमा उपस्थित गराइएको थियो।

उनीविरुद्ध तीन कसूरमा मुद्दा दर्ता भएको छ। लामिछानेमाथि सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन्।

उनका अनुसार लामिछानेमाथि सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख ४४ हजार ५ रुपैयाँ बिगो माग गरिएको छ। सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा लामिछानेकी श्रीमती निकिता पौडेलको नाममा रहेको सम्पत्ति जफत गर्न समेत माग गरेको छ।

यसैगरी सहकारी ठगी प्रकरणमा छविलाल जोशीमाथि ७४ करोड ७१ लाख ५५ रुपैयाँ बिगो माग गरिएको छ।

आइतबार दर्ता गरिएको पुरक अभियोगपत्रमा ४४ जनालाई प्रतिवादी बनाइएको छ। जसमध्ये ३१ जनालाई सहकारी ठगीमा मात्रै कसुर दायर भएको हो। आठ वटा कम्पनी र पाँच जनाविरूद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको हो।

सम्पत्ति शुद्धिकरणमा रवि, छवि, जिबी, उनका साझेदार रामप्रसाद खनाल र लिला पछाईविरूद्ध मुद्दा दायर भएको हो। यसअघि सरकारी वकिलले शुक्रबार जिबी राईसहित १९ जनाविरूद्ध थप अभियोग दर्ता गरेको थियो। यो मुद्दामा कुल एक अर्ब ५१ करोड रकमको बिगो मागदाबी गरिएको छ।

यसअघि पुस १ गते कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदन अध्ययन गरी सरकारी वकिलको कार्यालयले आज अदालतमा लामिछानेविरुद्ध अभियोग दर्ता गरेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै