९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परिवार नियोजनको अधिकार महिलालाई हुनुपर्छ: सभामुख

२७ असार २०७४, मंगलवार ११:५८

असार २७, काठमाडौँ । सभामुख ओनसरी घर्तीमगरले कति शिशु जन्माउने र कति जन्मान्तर बनाउने भन्ने निर्णय गर्ने अधिकार महिलालाई हुनुपर्ने बताउनुभएको छ । 

विश्व जनसंख्या दिवसका अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीमगरले यस्तो अधिकारले महिलालाई उत्पादनशील कार्यमा लाग्न अनुकूल वातावरण बनाइदिन्छ भन्नुभयो । 

दुर्गम गाउँमा बस्ने एक महिलाले छवटी छोरी जन्माउँदासम्म छोरा पाउन पतिले दिएको दबाबलाई नेपाली समाजको एउटा तीतो यथार्थको रुपमा लिन पनि आग्रह गर्नुभयो । 

सन् १९८९ देखि हरेक वर्ष जुलाई ११ का दिन विश्व जनसंख्या दिवस मनाइँदै आइएको छ । यसवर्ष विश्व जनसंख्या दिवसको नारा ‘मानव सशक्तीकरण र समृद्ध राष्ट्रका लागि परिवार नियोजन’ भन्ने छ । 

नेपालमा सन् १९९० देखि लगातार जनसंख्या दिवस मनाइँदै आइएको छ । विसं २०५६ मा विद्यालय तहमा जनसंख्या शिक्षा विषय पढाउन थालिएपछि नेपालमा जनसंख्या नियन्त्रण सम्बन्धमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । नेपालले यस वर्ष व्यवस्थित परिवार ः समृद्ध राष्ट्रको आधार भन्ने नाराका साथ तीन दिन यो दिवस मनाउँदै छ । 

संयुक्त राष्ट्रसंघीय जनसांख्यिक कोष (युएनएफए) का राष्ट्रिय प्रतिनिधि जुलिया भ्यालेन्सले जनसंख्या वृद्धिमा नेपाली युवा–युवतीको संख्या आकर्षक रहेको बताउँदै जनसंख्या नियन्त्रणमा सरकारले लगानीमा वृद्धि गर्नुपर्ने सुझाव दिनुभयो । 

सन् १९८७ मा विश्वमा पाँच अर्ब जनसंख्या पुगेपछि जनसंख्या सम्मेलन (पपुलेसन समिट) ले जनसंख्या दिवस मनाउने निर्णय गरेको थियो । एक अध्ययनअनुसार सन् २०१७ अप्रिल २४ सम्म विश्वको जनसंख्या सात अर्ब ५० करोड पुगेको उल्लेख छ । 

विसं २०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ पुगेको छ जसमा पुरुषको संख्या एक करोड २८ लाख ४९ हजार ४१ र महिलाको संख्या एक करोड ३६ लाख ४५ हजार ४६३ छ । नेपालमा प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गरिन्छ । 

नेपालमा जनसंख्या वृद्धिदर १ दशमलव ०३५, जनघनत्व प्रतिवर्ग किमी १८०, कृषिमा आबद्ध ६५ दशमलव ०६ प्रतिशत, कोरा जन्मदर (हजारमा) २४ दशमलव ३, कोरा मृत्युदर (हजारमा) ८ दशमलव ३, घरपरिवार संख्या पाँच लाख ४२ हजार ७०२, शिशु मृत्युदर ४४ प्रतिशत र र औषत आयु ६४ दशमलव १ वर्ष रहेको छ । 

त्रिभुवन विश्वविद्यालय जनसंख्या विभागका प्रमुख डा रामशरण पाठकले भन्नुभयो – “नेपालमा अशिक्षा, गरिबी र परम्परागत सोचाइले जनसंख्या वृद्धि रोक्न सकिएको छैन । छोरा पाउँदा खुशी हुने र छोरी पाउँदा दुःखी हुने नेपाली समाजमा सकारात्मक सन्देशको भावना फैलाउन जरुरी छ ।” 

युएनएफएका अनुसार विश्वमा विवाहित महिलामध्ये ५३ प्रतिशतले परिवार नियोजनका साधन अपनाइरहेका भए पनि उचित ढङ्गले त्यस्ता साधनको प्रयोग भएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने सत्तारुढ दलको बैठक आज बस्दै विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन युरोपा लिगमा रिगास एफएसविरुद्ध इन्टरिज फ्राङ्कफटको जीत लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन यस्तो रहनेछ आजको मौसम ? हल्का वर्षाको सम्भावना एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति