८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी निर्वाचनमा विप्लवको पार्टीले पनि भाग लिने, आयोगमा दल दर्ता गराउने निर्णय

१६ पुष २०८१, मंगलवार १५:००

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टीले आगामी २०८४ को निर्वाचनमा भाग लिने भएको छ । कपिलवस्तुको शिवगढीमा भर्खरै सम्पन्न भएको पार्टीको बैठकले निर्वाचनमा भाग लिने र निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय लिएको हो ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् । उनले निर्वाचनमा सहभागी हुन उपयुक्त चुनाव चिन्ह लिनेसमेत निर्णय भएको बताए । राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा, विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा निर्वाचनलाई प्रयोग गरिने उनको भनाइ छ ।

साथै, उनले बैठकले क्रान्तिकारी पार्टीसँगको एकताको ढोका खुल्ला नै राखिएको पनि बताए । नेकपाले व्याप्त भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुमबासी, मिटरब्याज, ऋण आतंकलगायतका जनमार्च सञ्चालन गर्ने निर्णयसमेत लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी