८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी हौँ भन्दै किशोरीको अपहरण, दुई जना पक्राउ

१६ पुष २०८१, मंगलवार १७:२८

काठमाडौँ | कञ्चनपुरमा किशोरी अपहरण गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका– १६ बस्ने ३५ वर्षीय महेशसिंह खत्री र ३३ वर्षीय धुर्व जोशीलाई प्रहरीले किशोरी अपहरण गरेको आरोपमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार दुवै जनाले १६ वर्षीया किशोरीलाई अपहरण गरी बन्धक बनाएको आरोप लागेको छ ।

‘दुवै जनाले १३ गते राति भीमदत्त नगरपालिका– ६ स्थित शिव मन्दिर नजिक नहरमा साथीसँग हिँडिरहेको अवस्थामा हामी प्रहरी हौँ भन्दै ती किशोरीलाई लगेर गएका रहेछन्,’ डीएसपी जोशीले भने, ‘उक्त सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पीडित किशोरीलाई १४ गते बिहान वडा नम्बर १६ वसन्तपुरबाट उद्दार गरेको हो ।’

दुवै जनालाई पक्राउ गरी अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरअन्तर्गत जिल्ला अदालत कञ्चनपुरबाट सात दिन म्याद थप गर्दै अनुसन्धान भइरहेको डीएसपी जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी