८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहकारी ठगी मुद्दाको थुनछेक बहस: रविलगायतका पक्ष–विपक्षमा आज क–कसले गर्दैछन् वहस ?

१७ पुष २०८१, बुधबार ११:५४

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित प्रतिवादी रहेको सूर्यदर्शन सहकारी ठगी मुद्दाको थुनछेक बहस आज (बुधबार) पनि हुँदैछ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहितका सात जनाको बयानपछि मंगलबारदेखि कास्की जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको हो ।

न्यायाधीश नीतिज राईको इजलासमा प्रारम्भिक चरणमा सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा र सुजाता पौडेलले मुद्दाबारे न्यायाधीशलाई सामान्य जानकारी गराएका थिए । पहिलो दिनको बहसपछि समय अभावले अदालत स्थगित गरिएको थियो । थुनछेक बहसपछि न्यायाधीशले अभियुक्तहरूलाई धरौटीमा रिहा गर्ने, साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि जेल चलान गर्ने निर्णय लिनेछन् ।

लामिछानेसहितका सात आरोपीमध्ये लामिछाने, छविलाल जोशी, र रामबहादुर खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ । लीला पछाईमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐनको उल्लंघनको अभियोग लगाइएको छ । बाँकी तीन अभियुक्तलाई सहकारीको रकम ठगीको मुद्दामा मात्र आरोप लगाइएको छ ।

सूर्यदर्शन सहकारी ठगीमा मुछिएका सहकारी सञ्चालक लगायत व्यक्तिविरूद्ध सुरूमा दर्ता गरिएको मूल अभियोग, थप अभियोग र रवि लामिछानेसहित जोडिएको पूरक अभियोग गरी ८ वटा कम्पनीसहित ६३ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूसँग १ अर्ब ५१ करोड बढी रकम बिगो माग गरिएको छ । जसमा रवि लामिछानेसँग सहकारी ठगी अभियोगमा ३ करोड ३७ लाख ६५ हजार र सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैया बिगो असुल गर्न माग गरिएको छ ।

लामिछानेका पक्षमा सात जनाले बहस गर्दै
थुनछेक बहसका लागि रास्वपा सभापति लामिछानेको पक्षमा बहस गर्न ५० भन्दा धेरै कानुन व्यवसायीले वकालतनामा गरेका छन् । अधिवक्ता नारायण कँडेलका अनुसार लामिछानेको पक्षमा बहस गर्न ५० बढी कानुन व्यवसायीले वकालतनामा गरे पनि सात जनाले बहस गर्नेछन् । वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, हरि सुवेदी र डा.नारायण घिमिरे, अधिवक्ताहरू डा. नारायण कँडेल, रोहितराज बाँस्तोला, सुरज बस्नेत र सुविज्ञ पन्तले बहस गर्नेछन् ।

महान्यायाधिवक्ताको कार्यालयबाट पठाइयो दुई वकिल
जिल्ला अदालतमा सामान्यतया सरकारी वकिलको कार्यालयकै वकिलहरूले मुद्दा–मामिलामा बहस गर्ने चलन छ । तर, रवि लामिछानेसहितको मुद्दामा सरकारले विशेष चासो देखाउँदै काठमाडौंस्थित महान्यायाधिवक्ताको कार्यालयका दुई वकिललाई समेत पोखरा पठाएको छ । कास्की जिल्ला अदालतमा सुरु भएको थुनछेक बहसमा स्थानीय सरकारी वकिलका पाँच सदस्यीय टोली भए पनि काठमाडौंबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र सहमहान्यायाधिवक्ता प्रकाश गौतमलाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी