८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार सम्मेलनमा रावलले के भने ?

१७ पुष २०८१, बुधबार १३:४८

काठमाडौँ | नेकपा एमालेबाट निष्कासित भएका नेता भीम रावलले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेका छन् । उनले पत्रकार सम्मेलन गरी आफ्नो दृष्टिकोँणका राख्नुका साथै एमालेले गरेको कारबाहीबारे आफ्नो भनाइ राखे ।

उनले मुलुकको कूटनीति कमजोर बनेको उल्लेख गरे । जमिन बाँझो भएको तथा युवा विदेशिएको कुरा पनि रावलले उठाए । त्यस्तै ठूला भ्रष्टाचारको मुद्दालाई पनि उनले आफ्नो पत्रकार सम्मेलनमा महत्त्वका साथ उठाए ।

बाह्य हस्तक्षेप बढेको र सत्तामा हालिमुहाली गरेकाहरूले नै त्यसको वातावरण बनाएको रावलले आरोप लगाए । नेपाली युवाहरू ठगिएकोदेखि प्रवासी नेपालीहरूको पीडा पनि रावलले उठाए । तर, नेताहरूले भने भ्रष्टाचारलाई प्रश्रय दिइरहेको उनले टिप्पणी गरे ।

अपराधलाई राजनीतिकरण र राजनीतिलाई आपराधिकरण गरिएको उनले बताए । मुलुकमा लम्पसारवाद बढेको भन्दै रावलले यसलाई देशभक्त नागरिकले हेरेर बस्न नहुने बताए ।

आफ्नो व्यक्तिगत स्वार्थ केही पनि नभएको बताएका रावलले स्वदेश र विदेशमा रहेका नेपालीहरूको भविष्य सुन्दर बनाउनका लागि भने आफू कटिबद्ध रहने उनले बताए । उनले देश र विदेशमा रहेका नेपालीहरूलाई मुलुक बनाउने अभियानमा समाहित आह्वान गरे ।

एमालेले नभई केपी ओली गुटले कारबाही गरेर पार्टीबाट निकालिएको बताएका रावलले सदस्यता नै खोसिएपछि विकल्प खोज्न बाध्य भएको जिकिर गरे । आफूमाथि पूर्वाग्रह राखेर कारबाही गरिएको उनको दावी थियो । त्यसक्रममा उनले एमालेमा आफूले गरेको संघर्ष र विभिन्न कमिटीमा रहेर गरेका कामहरूको बारेमा संक्षेपमा स्मरण गरे ।

आफूलाई चितवनमा सम्पन्न महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेको भन्दै कारबाही गरिएको भनिएको भन्दै रावलले ओलीले पनि किन झलनाथ खनाल र माधव नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गरेको भन्दै प्रश्न गरे ।

रावलले आफू पार्टी निर्माणमा निरन्तर सक्रिय हुँदै आएको दावी गर्दै तर पछिल्लो समय दुरासय राखेर आफूमाथि पूर्वाग्रहपूर्ण व्यवहार गरिएको टिप्पणी गरे । उनले पत्रकार सम्मेलनका क्रममा पटक-पटक एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी