२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार सम्मेलनमा रावलले के भने ?

२०८१, १७ पुष बुधबार १३:४८

काठमाडौँ | नेकपा एमालेबाट निष्कासित भएका नेता भीम रावलले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेका छन् । उनले पत्रकार सम्मेलन गरी आफ्नो दृष्टिकोँणका राख्नुका साथै एमालेले गरेको कारबाहीबारे आफ्नो भनाइ राखे ।

उनले मुलुकको कूटनीति कमजोर बनेको उल्लेख गरे । जमिन बाँझो भएको तथा युवा विदेशिएको कुरा पनि रावलले उठाए । त्यस्तै ठूला भ्रष्टाचारको मुद्दालाई पनि उनले आफ्नो पत्रकार सम्मेलनमा महत्त्वका साथ उठाए ।

बाह्य हस्तक्षेप बढेको र सत्तामा हालिमुहाली गरेकाहरूले नै त्यसको वातावरण बनाएको रावलले आरोप लगाए । नेपाली युवाहरू ठगिएकोदेखि प्रवासी नेपालीहरूको पीडा पनि रावलले उठाए । तर, नेताहरूले भने भ्रष्टाचारलाई प्रश्रय दिइरहेको उनले टिप्पणी गरे ।

अपराधलाई राजनीतिकरण र राजनीतिलाई आपराधिकरण गरिएको उनले बताए । मुलुकमा लम्पसारवाद बढेको भन्दै रावलले यसलाई देशभक्त नागरिकले हेरेर बस्न नहुने बताए ।

आफ्नो व्यक्तिगत स्वार्थ केही पनि नभएको बताएका रावलले स्वदेश र विदेशमा रहेका नेपालीहरूको भविष्य सुन्दर बनाउनका लागि भने आफू कटिबद्ध रहने उनले बताए । उनले देश र विदेशमा रहेका नेपालीहरूलाई मुलुक बनाउने अभियानमा समाहित आह्वान गरे ।

एमालेले नभई केपी ओली गुटले कारबाही गरेर पार्टीबाट निकालिएको बताएका रावलले सदस्यता नै खोसिएपछि विकल्प खोज्न बाध्य भएको जिकिर गरे । आफूमाथि पूर्वाग्रह राखेर कारबाही गरिएको उनको दावी थियो । त्यसक्रममा उनले एमालेमा आफूले गरेको संघर्ष र विभिन्न कमिटीमा रहेर गरेका कामहरूको बारेमा संक्षेपमा स्मरण गरे ।

आफूलाई चितवनमा सम्पन्न महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेको भन्दै कारबाही गरिएको भनिएको भन्दै रावलले ओलीले पनि किन झलनाथ खनाल र माधव नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गरेको भन्दै प्रश्न गरे ।

रावलले आफू पार्टी निर्माणमा निरन्तर सक्रिय हुँदै आएको दावी गर्दै तर पछिल्लो समय दुरासय राखेर आफूमाथि पूर्वाग्रहपूर्ण व्यवहार गरिएको टिप्पणी गरे । उनले पत्रकार सम्मेलनका क्रममा पटक-पटक एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै