२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुकुल ढकाललाई पार्टीमा पुनर्बहालीको माग गर्दै दुई प्रदेश सभापतिले दर्ता गराएको पत्रमा के छ?

२०८१, १७ पुष बुधबार १४:०९

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकाललाई पार्टीमा पुनर्बहाली गर्न दुई प्रदेश सभापतिले पार्टी केन्द्रीय कार्यालयमा पत्र पत्र दर्ता गराएका छन्।

कोसी प्रदेशका सभापति राजेश तिम्सिना र मधेस प्रदेशका सभापति तपेश्वर यादवले मंगलबार केन्द्रीय कार्यालय घन्टीघरमा एउटै व्यहोराका छुट्टाछुट्टै पत्र दर्ता गराएका हुन्।

कोसी प्रदेशका सभापति तिम्सिनाले गत असारदेखि पार्टीमा घटेका घटनालाई दुर्भाग्यपुर्ण भन्दै पार्टीबाट निस्कासन गरिएका महामन्त्री मुकुल ढकाललाई कारबाही गर्ने निर्णयबाट आफ्नो हस्ताक्षर फिर्ता लिएको पत्रमा उल्लेख गरेका छन्।

‘पछिल्लो असार महिना यता पार्टीमा जे जति घटना घटे, त्यो दुःखद र दुर्भाग्यपुर्ण छ,’ पार्टीका कार्यबहाक सभापतिलाई सम्बोधन गरेर लेखिएको पत्रमा भनिएको छ, ‘डा. ढकाललाई पार्टीबाट निष्कासन गरिसकेपछि पार्टी अझै कमजोर भएको महसुश कम्तिमा कोसी प्रदेशका सबै रास्वपाकर्मीहरुले गरेका छन्।मलाई लाग्छ, पार्टीको यो घडिमा अब हामी सबै मिलेर अघि बढ्नु पर्छ र त्यसका लागी केहि सुधारात्मक कदमहरु आवश्यक छन्। डा. मुकुल ढकाललाई महामन्त्री, प्रवक्ता, केन्द्रीय समिति सदस्य एवं साधरण सदस्यबाट हटाउने पार्टीका सबै निर्णयबाट आफ्नो हस्ताक्षर र सहमति फिर्ता लिएको जानकारी गराउँछु।’

पार्टी विधानमा रहेको ‘राइट टू रिकल’ को प्रावधान अनुसार नै आफूले आफ्नो सहमति फिर्ता लिएको उनको भनाइ छ। मधेश प्रदेशका सभापतिले पनि त्यही व्यहोराको पत्र दर्ता गराएका छन्। उनको पत्रमा डा. ढकालको नाम भने उल्लेख गरिएको छैन्। ‘पछिल्लो असार महिना यता पार्टीमा जे जति घटना घटे, त्यो दुःखद छ,’ यादवको पत्रमा भनिएको छ, ‘मलाई लाग्छ, पार्टीको यो घडिमा अब हामी सबै मिलेर अघि बढ्न पर्छ र त्यसका लागी केहि कोर्स करेक्सन आवश्यक छन्। सबै निर्णयबाट आफ्नो हस्ताक्षर र सहमति फिर्ता लिएको जानकारी गराउँछु।’

रास्वपाले पार्टी अनुशासन विपरितका काम गरेको भन्दै गत असारमा ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेको थियो। त्यसयता उनको पुनर्बहालीको माग राख्दै कुनै सदस्यले यसरी पत्र नै दर्ता गराएको यो पहिलो पटक हो।

रास्वपाका कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले भने पार्टीमा यसरी दर्ता गराएको पत्रको कुनै कानुनी बैधता नहुने बताए। ‘यो पत्र हल्ला गर्नलाई चाहिँ हुन्छ,’ उनले भने, ‘तर, यसले कुनै कानुनी बैधता पाउने वा फरक पार्ने भन्ने हुँदैन। पार्टी आफ्नो निर्णयबाट पछि हट्दैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार