काठमाडौँ | एमालेका पूर्वउपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई पार्टीमा भित्र्याउनेबारे नेकपा (एकीकृत समाजवादी) को कार्यालय, आलोकनगरमा छलफल सुरू भएको छ ।
बुधबार दिउँसो १ बजेदेखि भइरहेको उक्त छलफलमा गौतम एक्लै छन् भने एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, उपमहासचिव रामकुमार भट्टराई, सचिवहरू सावित्रा भुसाल, गणेश विक, स्थायी कमिटी सदस्य बलराम बाँस्कोटा र निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल छन् ।
छलफल सकारात्मक ढंगले चलिरहेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।