८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहकारी ठगी प्रकरण: आज रवि लामिछानेसहित प्रतिवादीतर्फका वकिलहरूले बहस गर्दै

१८ पुष २०८१, बिहीबार ११:५१

काठमाडौँ | सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात जनाविरुद्धको थुनछेक बहस बिहीबार पनि जारी छ ।

कास्की जिल्ला अदालतमा पुस १६ गतेदेखि सुरु भएको बहसमा मंगलबार र बुधबार सरकारी वकिलहरूको तर्फबाट बहस भएको थियो ।

सरकारी वकिलहरूले मुलुकी फौजदारी संहिताको आधारमा प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग गरेका थिए ।

सरकारी वकिलतर्फका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, सहायक जिल्ला न्यायाधिवक्ता सुजाता पौडेल, कमला काफ्ले र शान्तिदेवी शर्माले सहकारीमार्फत बचतकर्ताहरूको रकम ठगी गरी ठूलो आर्थिक क्षति पुर्‍याएको भन्दै प्रतिवादीलाई कारागारमा राख्नुपर्ने माग गरेका थिए ।

सरकारी वकिलहरूको तर्क सकिएसँगै आजदेखि जाहेरीवालाको तर्फबाट बहस सुरु भएको छ। यसपछि प्रतिवादीतर्फका वकिलहरूले बहस गर्नेछन् । प्रतिवादीका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता नारायण घिमिरेले छविलाल जोशीका वकिलहरूले पहिलो बहस गर्ने र त्यसपछि अन्य प्रतिवादीका वकिलहरूले बहस गर्ने उल्लेख गरे ।

वरिष्ठ अधिवक्ता घिमिरे, सुशीलकुमार पन्त, डा. नारायणदत्त कँडेल, र सोविता गौतमलगायतका वकिलहरूले प्रतिवादीतर्फबाट बहस गर्ने तयारी गरेका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ७ जनाविरुद्ध थुनछेक बहस चलिरहेको हो । सहकारीका सञ्चालक तथा कर्मचारीहरूले बचतकर्ताको १ अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा उनीहरूमाथि मुद्दा दायर गरिएको थियो । लामिछानेसँगै पूर्व डिआइजी छविलाल जोशी, रामप्रसाद खनाल, लिला पछाईं, मिना गुरूङ, कृष्णबहादुर गुरूङ र आरती गुरूङ प्रतिवादी छन् ।

गत वर्ष असोज १८ गते सहकारी ठगी मुद्दामा १९ जनाविरुद्ध दायर भएको यो मुद्दामा अहिले प्रतिवादीहरूको संख्या ६३ पुगेको छ । सहकारीका पूर्वअध्यक्ष, सञ्चालक समिति सदस्य, लेखा अधिकारी, र अन्य कर्मचारीविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधका थप अभियोगसमेत दर्ता भएका छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा जारी यो बहसपछि अदालतले प्रतिवादीहरूलाई थुनामा राख्ने कि धरौटीमा रिहा गर्ने भन्ने निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी