२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भीम रावललाई कारबाही गरिएको प्रसंगमा कर्ण थापाले भने : पार्टीमा बहस बन्द गर्नु स्वीकार्य हुँदैन

२०८१, १८ पुष बिहीबार १५:५७

काठमाडौँ | नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी नेतृत्वमाथि असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीभित्र स्वस्थ, र वैचारिक राजनीतिक बहसलाई बन्देज लगाउन खोजिएको उनको भनाइ छ । तोकिएको विधिबमोजिम गरिने बहसलाई बन्देज गर्ने कुरा कुनै दृष्टिकोणले उचित नहुने उनले उल्लेख गरेका छन् ।

साथै, अराजकता र अनुशासनहिनता पनि स्वीकार्य नहुने उनको भनाइ छ । विचार र विष्लेषणको शृङ्खला टुट्यो भने राजनीतिक धरातल सकिने र राजनीतिकर्मीको मृत्यु नै हुने उनको विचार छ ।

असन्तुष्टहरूको विरोधको निशाना बनेको एमालेलाई वैचारिक हतियारको बलबाटै मजबुत पार्न सकिने उनको भनाइ छ । उनले एमालेको सम्पूर्ण पङ्ति वैचारिक हतियारको प्रयोगतिर लाग्नुपर्ने उनको सुझाव छ । असभ्यताको प्रदर्शन, असामाजिक र गैरराजनीतिक पार्टीका लागि हितकर नहुने उनले बताएका छन् ।

पार्टीका पूर्व उपाध्यक्षसमेत रहेका भीम रावललाई कारबाही गरिएको प्रसंगलक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत भनेका छन्ः

स्वस्थ्य राजनीतिक, बैचारिक वहस गर्नु हरेक राजनीतिक नेता कार्यकर्ताको धर्म हो । तोकिएको विधिबमोजिम गरिने बहसलाई बन्देज गर्ने कुरा कुनै दृष्टिकोणले उचित मानिँदैन । अराजकता र अनुशासनहिनता पनि कही स्वीकार्य हुँदैन । विचार र विष्लेषणको सृङखला टुट्यो भने राजनीतिक धरातल सकिन्छ र एक हिसाबले भन्ने हो भने राजनीतिकर्मीको मृत्यु हुन्छ । विचारमा आधारित भएर राजनीतिक बहस गरौं । सबै प्रकारका असन्तुष्टहरूको विरोधको निशाना बनेको एमालेलाई वैचारिक हतियारको बलबाटै मजबुत पार्न सकिन्छ । एमालेको सम्पूर्ण पङ्ति यस दिशातिर अगाडि बढ्नु उचित हुनेछ । असभ्यताको प्रदर्शन, असामाजिक र गैरराजनीतिक कसैका लागि हितकर हुदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै