८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भीम रावललाई कारबाही गरिएको प्रसंगमा कर्ण थापाले भने : पार्टीमा बहस बन्द गर्नु स्वीकार्य हुँदैन

१८ पुष २०८१, बिहीबार १५:५७

काठमाडौँ | नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी नेतृत्वमाथि असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीभित्र स्वस्थ, र वैचारिक राजनीतिक बहसलाई बन्देज लगाउन खोजिएको उनको भनाइ छ । तोकिएको विधिबमोजिम गरिने बहसलाई बन्देज गर्ने कुरा कुनै दृष्टिकोणले उचित नहुने उनले उल्लेख गरेका छन् ।

साथै, अराजकता र अनुशासनहिनता पनि स्वीकार्य नहुने उनको भनाइ छ । विचार र विष्लेषणको शृङ्खला टुट्यो भने राजनीतिक धरातल सकिने र राजनीतिकर्मीको मृत्यु नै हुने उनको विचार छ ।

असन्तुष्टहरूको विरोधको निशाना बनेको एमालेलाई वैचारिक हतियारको बलबाटै मजबुत पार्न सकिने उनको भनाइ छ । उनले एमालेको सम्पूर्ण पङ्ति वैचारिक हतियारको प्रयोगतिर लाग्नुपर्ने उनको सुझाव छ । असभ्यताको प्रदर्शन, असामाजिक र गैरराजनीतिक पार्टीका लागि हितकर नहुने उनले बताएका छन् ।

पार्टीका पूर्व उपाध्यक्षसमेत रहेका भीम रावललाई कारबाही गरिएको प्रसंगलक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत भनेका छन्ः

स्वस्थ्य राजनीतिक, बैचारिक वहस गर्नु हरेक राजनीतिक नेता कार्यकर्ताको धर्म हो । तोकिएको विधिबमोजिम गरिने बहसलाई बन्देज गर्ने कुरा कुनै दृष्टिकोणले उचित मानिँदैन । अराजकता र अनुशासनहिनता पनि कही स्वीकार्य हुँदैन । विचार र विष्लेषणको सृङखला टुट्यो भने राजनीतिक धरातल सकिन्छ र एक हिसाबले भन्ने हो भने राजनीतिकर्मीको मृत्यु हुन्छ । विचारमा आधारित भएर राजनीतिक बहस गरौं । सबै प्रकारका असन्तुष्टहरूको विरोधको निशाना बनेको एमालेलाई वैचारिक हतियारको बलबाटै मजबुत पार्न सकिन्छ । एमालेको सम्पूर्ण पङ्ति यस दिशातिर अगाडि बढ्नु उचित हुनेछ । असभ्यताको प्रदर्शन, असामाजिक र गैरराजनीतिक कसैका लागि हितकर हुदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी