२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शपथ लिँदालिदै पक्राउ परेका वडाध्यक्षविरुद्ध ५७ वर्ष कैद माग्दै दुईवटा कसुरमा मुद्दा दर्ता

२०८१, १८ पुष बिहीबार १७:५३

काठमाडौँ | सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहविरुद्ध दुईवटा कसुरमा मुद्दा दर्ता भएको छ ।

इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध ५७ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।

सरकारी वकिल कार्यालय सप्तरीले जिल्ला अदालत सप्तरीमा साहलाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको छ । बलात्कारको कसुरमा मुलुकी फौजदारी अपराध संहिताको दफा २१९ (१) र (२) बमोजिमको कसुर गरेको भन्दै दफा २१९ (३) (ङ) बमोजिमको सजाय माग दाबी गरिएको छ । जअनुसार उनीविरुद्ध १० वर्षसम्मको कैद माग दाबी गरिएको छ ।

त्यस्तै, सामूहिक बलात्कार भएकाले दफा २१९ (७) बमोजिम थप सजाय पनि माग गरिएको छ । सामूहिक बलात्कारमा थप पाँच वर्ष कैद हुने व्यवस्था छ । जसअनुसार उनीविरुद्ध बलात्कारको कसुरमा १५ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।

बलात्कृत युवतीको मृत्यु भएकाले कर्तव्य ज्यानको कसुरमा जन्मकैदको सजाय माग दाबी गरिएको छ । जन्मकैदमा २५ वर्ष कैद हुने व्यवस्था छ । जसकारण बलात्कारपछि हत्यामा उनीविरुद्ध ४० वर्ष कैद साजय माग दाबी गरिएको छ ।

यसका साथै उनले अर्का एक व्यक्ति अपहरण गरी बेपत्ता पारेकाले अर्को मुद्दा पनि चलाइएको छ । मुलुकी फौजदारी अपराधसंहिताको दफा २०६ (१) (२) (ख) र (६) बमोजिमको कसुर गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ । यसमा दफा २०६ (७) (क) बमोजिम थप सजाय माग दाबी गरिएको छ ।

दफा २०६ (७) (क) अनुसार अपहरण गरी व्यक्ति बेपत्ता पार्नेलाई १५ वर्षसम्म कैद र ५ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । सोहीअनुसार उनलाई अधिकतम सजाय मागदाबी गरिएको छ ।

साहले बेपत्ता पारेको आरोप लागेका नीतिशकुमार साह नाबालक रहेकाले दफा २०६ (८) बमोजिम थप सजाय माग दाबी गरिएको छ । जसअनुसार दफा २०६ (७) (क) मा हुने सजायमा थप दुई वर्ष कैद सजाय हुने दफा २०६ (८) मा उल्लेख छ । छुट्टाछुट्टै कसुरमा गरेर उनीमाथि ५७ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।

अपहरण गरी व्यक्ति बेपत्तामा वडाध्यक्ष साहसहित ६ जना र बलात्कारपछि हत्यामा उनीसहित सातजनाविरुद्ध मुद्दा दर्ता भएको छ । उनीहरूविरुद्धको मुद्दा जिल्ला अदालत सप्तरीका न्यायाधीश दीपक धितालको इजलासमा सुनुवाइ भइरहेको छ ।

आज बिहीबार थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । भोलि शुक्रबार थुनछेक बहस सकिएको अवस्थामा साधारण तारेख तथा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलान गर्नेमध्ये एक आदेश आउने छ ।

२० मंसिरमा उनी वडाध्यक्षको शपथ लिँदै गर्दा पक्राउ परेका थिए । साहसहितको समूहले कुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप छ । आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका भाइ १३ वर्षका नीतिशकुमारलाई अपहरण गरी बेपत्ता पारेको आरोप छ ।

यो घटना २०७९ फागुनको हो । १७ फागुनमा डाक्नेश्वरी नगरपालिका–१ माधधोपुर टोलस्थित आँपको बगैचाबाट मुखमा रुमाल कोचेर नीतिशलाई अहपरण गरी लगेको आरोप छ । त्यसयता नीतिश बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै