२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयास ‘स्थगित’

१९ पुष २०८१, शुक्रबार १५:१७

एजेन्सी | अख्तियारको दुरुपयोग गरेको विषयमा अनुसन्धान गर्ने दक्षिण कोरियाली निकायका अनुसन्धानकर्ताहरूले महाभियोग लागेर निलम्बनमा परेका राष्ट्रपति यून सुक यउललाई नियन्त्रणमा लिने प्रयासलाई स्थगित गरेका छन्।

एउटा वक्तव्यमा अनुसन्धानकर्ताहरूले “निरन्तरको गतिरोधका कारण उनलाई पक्राउ गर्न व्यावहारिक रूपमा असम्भव देखिएको” बताएका हुन्।

“हामी कार्यस्थलमा रहेका हाम्रो टोलीको सुरक्षाबारे संवेदनशील छौँ। हामीले आरोप लागेका व्यक्तिले कानुनी प्रक्रियालाई अस्वीकार गर्ने प्रवृत्ति देखाएको पाएका छौँ…। उक्त कार्य व्यापक रूपमा निन्दनीय छ,” वक्तव्यमा भनिएको छ।

यउललाई पक्राउ गर्न के गर्ने भन्ने विषयमा पुन: एक पटक छलफल गरेर मात्र तय गरिने उनीहरूले जनाएका छन्।

अनुसन्धानकर्ताहरूले निलम्बित राष्ट्रपति यउललाई पक्राउ गर्ने कार्यलाई स्थगित गरेपछि उनको निवासअगाडि जम्मा भएका समर्थकहरूले चाहिँ “हामीले जित्यौँ” भन्दै नारा लगाएका छन्।

उनलाई पक्राउ गर्न खोज्दा शुक्रवार बिहानैदेखि नाटकीय घटनाहरू भएका थिए। यउललाई पक्राउ गर्नका लागि उनको घरमा पुगेका प्रहरी अधिकारीहरूले उक्त स्थान छाडेका छन्। डिसेम्बर महिनाको सुरुमा छोटो अवधिका लागि कायम रहेको ‘मार्शल ल’ लागु गरेको आरोपमा उनलाई पक्राउ गर्न खोजिएको हो।

तनावको अवस्था
स्थानीय समयअनुसार बिहान ८ बजे सुरुमा २० जना प्रहरी अधिकारीहरू यउलको घरतर्फ गएका थिए। तर पछि उक्त सङ्ख्या बढाएर ८० पुर्‍याइएको त्यहाँस्थित बीबीसी संवाददाताले जनाएका थिए। यउलका वकिलहरूले उनीविरुद्ध जारी भएको पक्राउपुर्जीलाई “कानुनविपरीत” भन्दै त्यसलाई चुनौती दिने बताउँदै आएका छन्। यउलको सुरक्षा दिने फौजले पनि उनलाई पक्राउ गर्नबाट रोकेको थियो।

क्राउपुर्जी किन जारी भयो
यसै साताको सुरुमा सोलस्थित एक अदालतले यउलविरुद्ध पक्राउपुर्जी जारी गरेको थियो। उनले डिसेम्बर ३ मा देशमा मार्शल ल लागु गर्ने प्रयास गरेका थिए। सोही आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। उनीमाथि देशद्रोहसहितका आरोपहरूमा अनुसन्धान भइरहेको छ। त्यस क्रममा उनलाई अदालतले सोधपुछका लागि तीन पटक बोलाइसकेको छ। तर उनले त्यसको अवज्ञा गर्दै अदालतमा उपस्थित नभएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

उनी कसरी निलम्बनमा परे
डिसेम्बर १४ मा उनीविरुद्ध सांसदहरूले महाभियोग प्रस्ताव पारित गरेपछि यउल निलम्बनमा परेका थिए। उनलाई लगाइएको महाभियोगलाई उक्त देशको संवैधानिक अदालतले स्वीकृत गरिदिएमा मात्र उनी पदबाट पूर्ण रूपमा निष्कासित हुनेछन्। कोरियाको संवैधानिक अदालतमा कम्तीमा नौ सदस्य हुन्छन्। त्यसमध्ये कम्तीमा छजना न्यायाधीशहरूले यउलको महाभियोगलाई संवैधानिक ठाने भने मात्र उक्त निर्णय पारित हुन्छ।

हाल उक्त इजलासका लागि जम्मा छ न्यायाधीश मात्र रहेका छन्। त्यो भनेको एकजनाले मात्र उक्त निर्णयलाई अस्वीकार गरे भने महाभियोग कार्यान्वयन हुन सक्दैन। विपक्षीहरूले नियुक्त हुने तीन नयाँ न्यायाधीश इजलासमा भएपछि महाभियोगले पूर्णता पाउने आशा राखेका छन्।

राजनीतिक सङ्कट

यउल र उनीपछिका कार्यवाहक राष्ट्रपति दुवैलाई संसद्‌द्वारा महाभियोग लगाइएपछि दक्षिण कोरियामा राजनीतिक सङ्कट गहिरिएको छ। यदि उनी पक्राउ परे भने पदमा रहँदै पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बन्ने छन्। ‘मार्शल ल’ लागु गर्न खोजेपछि उनीविरुद्ध व्यापक प्रदर्शन पनि भएको थियो। राष्ट्रपति र कार्यवाहक राष्ट्रपतिमाथि महाभियोग लागेपछि हाल अर्थमन्त्री चोई साङ-मोकलाई कार्यवाहक राष्ट्रपति बनाइएको छ। -बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की