८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी स्थायी समिति बैठक सकियो, के के एजेन्डा तय भए?

२१ पुष २०८१, आईतवार १२:१७

काठमाडौँ | मुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक केहीबेरअघि सकिएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बिहान बसेको बैठकले आजै दिउँसो १ बजेदेखि बस्न लागेको केन्द्रीय समितिको एजेन्डबारे छलफल गरेको थियो।

बैठकबारे जानकारी गराउँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले केन्द्रीय समिति बैठकलाई व्यवस्थति र सार्थक बनाउने विषयमा छलफल भएको बताए। उनले भने, ‘आज विशेषगरी संगठनात्मक सिद्दान्त र केन्द्रीय समिति बैठकलाई व्यवस्थित प्रभावकारी बनाउने विषयमा नै छलफल केन्द्रित भयो।’

स्थायी समिति बैठकले तयार पारेको एजेन्डा अनुसार बैठकको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्दै समसामयिक परिस्थितिबारे ब्रिफिङ गर्नेछन्। त्यसपछि प्रदेश अध्यक्षहरुले रिर्पोटिङ गर्नेछन्।

प्रवक्ता सापकोटाका अनुसार प्रदेश अध्यक्षको रिर्पोटिङ सकिएपछि प्रचण्डले राजनीतिक प्रस्ताव पेस गर्नेछन्। संगठनात्मक सिद्दान्तबारे अर्को छुट्टै प्रतिवेदन पनि पेस हुने र छलफल हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी