८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनाङेको मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक, दुई वर्ष चार महिना कैद बस्नुपर्ने(पूर्णपाठ)

२१ पुष २०८१, आईतवार १५:०२

काठमाडौँ | सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद दीपक मनाङेको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।

न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाले २०८१ कात्तिक २० गते सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो ।

जसअनुसार मनाङे दुई वर्ष चार महिना कैद बस्नुपर्ने भएको छ । उनलाई पाँच वर्ष कैद सजाय भएकोमा सो मुद्दामा यसअघि दुई वर्ष आठ महिना कैद बसिसकेकाले बाँकी दुई वर्ष चार महिना बस्नुपर्ने सर्वोच्चको फैसलामा उल्लेख छ ।

मनाङे हाल डिल्लीबजार कारागारमा छन् । फैसलालगत्तै फरार भएका उनलाई गत २७ कात्तिकमा केन्द्रीय अनुसन्धान ब्यूरोले स्वयम्भुबाट पक्राउ गरेको थियो । पक्राउपछि पनि करिब दुई महिना कारागार बसिसकेकाले उनको कैद अवधि अब दुई वर्ष दुई महिना छ ।

२०६१ सालको बैशाख ३१ गते महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा मिलन चक्रेलाई खुँडाले आक्रमण गरेको घटनामा मनाङे दोषी ठहर भएका हुन् ।

प्रहरीको घटनास्थल मुचुल्का, पीडित मिलन गुरुङले अदालतमा बकपत्र गर्दा मनाङले नै आफुलाई आक्रमण गरेको भनेर किटान गरेको, पीडितसँग पूर्वरिसइवी रहेको, हत्याकै प्रयास गरेको तर केही हस्तक्षेपका कारण इच्छित परिणाम निस्किन नपाएको जस्ता आधारमा टेकेर उनलाई अदालतले दोषी ठहर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी