८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखराका सहकारी पीडितलाई भेट्नै चाहेनन् गगनले

२१ पुष २०८१, आईतवार १७:५७

पोखरा | पोखराका सहकारी पीडितले आफूहरूलाई भेट्न नचाहेको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको विरोध गरेका छन्। आज सहकारी पीडितले पोखरामा रहेका थापालाई भेट्न खोजे भेट हुन नसकेको गुनासो गरेका छन्।

थापासँग भेट नभएपछि आक्रोसित उनीहरूले कांग्रेस पोखरा पार्टी कार्यालय अगाडि प्रदर्शनसमेत गरेका छन्। नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा आज दिनभर थापा राजनीतिक भेटघाटमा व्यस्त थिए।

उनलाई भेट्न सहकारी पीडित संघर्ष समिति कास्कीका संयोजक एवं हालका सूर्यदर्शन सहकारी सञ्चालक समितिका अध्यक्ष किरण श्रेष्ठलगायतको टोली पुगेको थियो। महामन्त्री थापाले भेट्न इन्कार गरेपछि किरण श्रेष्ठ त्यत्तिकै फर्किएका थिए।

सहकारीसम्बन्धी मुद्दा अदालतमा चलिरहेका कारण सहकारी मुद्दासँग सम्बन्धित पक्षलाई महामन्त्री थापाले भेट्न नमानेको बताइएको छ।

रवि लामिछानेविरुद्ध यथेष्ट प्रमाण भन्दै संसदमा अभिव्यक्ति दिएका थापासँग प्रमाण खोज्न रास्वपा समर्थक पनि कांग्रेस कार्यालय पु्गेकोमा पार्टी कार्यालय अगाडि सहकारी बचतकर्ता र उनीहरूबीच झडपसमेत भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी