२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वर्णलक्ष्मीमा लामिछानेको बयान- ऋणको जवाफदेहिता जीबीकै हुन्छ

२१ पुष २०८१, आईतवार १८:०६

पोखरा | सहकारी ठगीको आरोपमा हिरासतमा रहेका रवि लामिछानेले कालिमाटीको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ऋण ल्याउने विषयमा आफूले सहमति नदिएको बताएका छन् ।

स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको १ अर्बभन्दा बढी रकम अनियमितता प्रकरणमा अनुसन्धान गरेका प्रहरीसँग बयान दिने क्रममा रविले भनेका छन्, ‘मेरो कार्यकालमा मबाट स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लगायतमा कुनै पनि सहकारीबाट कुनै प्रकारको ऋण वा रकम ल्याउने सहमति वा बोर्ड निर्णय भएको छैन ।’

कम्पनीक कार्यकारी अध्यक्ष एवं लगानीकर्ता गितेन्द्रबाबु (जीबी) राईले आफ्नो जिम्मेवारी अन्तरगत लगानी ल्याउन के कसरी गरे त्यो आफूलाई व्यक्तिगत एवं संस्थागत रुपमा जानकारी समेत नभएको उनले दाबी गरेका छन् । उनले आफू लगानीकर्ता समेत नभएको र काम गर्न जाँदा ‘स्वेट शेयर’ लिएको जिकिर गर्दै भनेका छन्, ‘वित्तिय स्रोतको सम्पूर्ण विवरण लेखा परीक्षण प्रतिवेदनमा समेत उल्लेख छ, आधिकारिक उक्त विवरणभन्दा बाहिरको कुरा मेरो जानकारीमा छैन ।’

उनले स्वर्णलक्ष्मी सहकारीसँग जीबीको संलग्नता पछिल्लो समय मात्र जानकारी पाएको दाबी गर्दै उक्त रकम के प्रयोजनका लागि क–कसको संलग्नतामा भित्र्याइयो भन्ने जानकारी नभएको भनेका छन् । ‘गैरकानुनी ढंगले सहकारीबाट रकम कम्पनीमा ल्याउने सम्बद्ध व्यक्तिहरुले नै उक्त रकम फिर्ता गर्ने दायित्व हुन्छ, म सहकारीबाट रकम ल्याउने प्रक्रियामा सहभागी नभएको भनी संसदीय छानबिन समितिको प्रतिवदेनले पनि पुष्टि गरेको व्यक्ति भएको हुनाले यस विषयमा जनकार छैन’, उनले भनेका छन्, ‘गोरखा मिडिया नेटवर्कको वित्तीय जिम्मेवारी सम्पूर्ण रुपमा कार्यकारी अध्यक्ष गितेन्द्रबाबु राईको थियो । लगानी ल्याउने सम्पूर्ण प्रक्रियामा उनी सक्रिय र जिम्मेवार थिए ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट