२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वर्णलक्ष्मीमा लामिछानेको बयान- ऋणको जवाफदेहिता जीबीकै हुन्छ

२०८१, २१ पुष आईतवार १८:०६

पोखरा | सहकारी ठगीको आरोपमा हिरासतमा रहेका रवि लामिछानेले कालिमाटीको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ऋण ल्याउने विषयमा आफूले सहमति नदिएको बताएका छन् ।

स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको १ अर्बभन्दा बढी रकम अनियमितता प्रकरणमा अनुसन्धान गरेका प्रहरीसँग बयान दिने क्रममा रविले भनेका छन्, ‘मेरो कार्यकालमा मबाट स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लगायतमा कुनै पनि सहकारीबाट कुनै प्रकारको ऋण वा रकम ल्याउने सहमति वा बोर्ड निर्णय भएको छैन ।’

कम्पनीक कार्यकारी अध्यक्ष एवं लगानीकर्ता गितेन्द्रबाबु (जीबी) राईले आफ्नो जिम्मेवारी अन्तरगत लगानी ल्याउन के कसरी गरे त्यो आफूलाई व्यक्तिगत एवं संस्थागत रुपमा जानकारी समेत नभएको उनले दाबी गरेका छन् । उनले आफू लगानीकर्ता समेत नभएको र काम गर्न जाँदा ‘स्वेट शेयर’ लिएको जिकिर गर्दै भनेका छन्, ‘वित्तिय स्रोतको सम्पूर्ण विवरण लेखा परीक्षण प्रतिवेदनमा समेत उल्लेख छ, आधिकारिक उक्त विवरणभन्दा बाहिरको कुरा मेरो जानकारीमा छैन ।’

उनले स्वर्णलक्ष्मी सहकारीसँग जीबीको संलग्नता पछिल्लो समय मात्र जानकारी पाएको दाबी गर्दै उक्त रकम के प्रयोजनका लागि क–कसको संलग्नतामा भित्र्याइयो भन्ने जानकारी नभएको भनेका छन् । ‘गैरकानुनी ढंगले सहकारीबाट रकम कम्पनीमा ल्याउने सम्बद्ध व्यक्तिहरुले नै उक्त रकम फिर्ता गर्ने दायित्व हुन्छ, म सहकारीबाट रकम ल्याउने प्रक्रियामा सहभागी नभएको भनी संसदीय छानबिन समितिको प्रतिवदेनले पनि पुष्टि गरेको व्यक्ति भएको हुनाले यस विषयमा जनकार छैन’, उनले भनेका छन्, ‘गोरखा मिडिया नेटवर्कको वित्तीय जिम्मेवारी सम्पूर्ण रुपमा कार्यकारी अध्यक्ष गितेन्द्रबाबु राईको थियो । लगानी ल्याउने सम्पूर्ण प्रक्रियामा उनी सक्रिय र जिम्मेवार थिए ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो