२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीलाई गगनको सुझावः मन्त्री कांग्रेसको होस् कि एमालेको, गलत गर्छ भने मिनेटभरमा बर्खास्त गर्न सक्नुपर्छ

२०८१, २३ पुष मंगलवार १६:३८

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट पदको दुरुपयोग गरेर गलत गर्ने मन्त्रीलाई मिनेटभरमा कारबाही गर्ने कमिटमेन्ट चाहिएको बताएका छन् । आज (मंगलबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस वा एमाले जोसुकैको भएपनि गलत गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले मिनेटभरमा बर्खास्त गर्न सक्नुपर्ने बताएका हुन् । उनले युवाप्रति आशा जगाउन र विस्वासको वातावरण सिर्जना गर्न प्रधानमन्त्री ओलीबाट यस प्रकारको कमिटमेन्ट आउनु आवश्यक रहेको बताए ।

‘अहिले हाम्रो सहयोगमा बन्नुभएको प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्रीबाट के कमिटमेन्ट चाहिएको छ भने कुनैपनि मन्त्री कुनैपनि काण्डमा, अहिले भइरहको मन्त्रीले आफ्नो पदको दुरुपयोग गरेर काम गर्छ भने कांग्रेसको होस् कि एमालेको होस् मिनेटभरमा बर्खास्त गर्न सकियो भनेमात्रै त्यतिखेर सरकारले म शुद्धीकरणको बाटोमा लागेँ भनेको अर्थ रहन्छ । यो विषयमा तपाईँ, हामीले काम गर्नुपर्ने छ,’– उनले भने ।

अहिले नागरिकहरुले नेताहरुको गति र मति ठीक नभएको टिप्पणी गरिरहेको र आगामी २०८४ को निर्वाचनमा जाँदा त्यसलाई चिर्नुपर्ने उनले बताए । त्यस्तै, अहिले नाम चलेका भ्रष्टाचारका काण्ड सबै छानविन हुनुपर्ने र दोषी देखिएको खण्डमा जोसुकै र जतिसुकै शक्तिशाली भएपनि कारबाही गरिनुपर्ने उनको धारणा छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नसकेको खण्डमा सर्वशक्तिशाली आयोग बनाएर भएपनि दोषीलाई कारबाही गरिनुपर्ने उनले बताए ।

कांग्रेसको आत्म नै विधिको शासन रहेको दाबी गर्दै उनले पूर्वमन्त्री, प्रधानमन्त्री वा बहालवाला जोसुकै भएपनि दोषी देखिएको खण्डमा छोड्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै