८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीलाई गगनको सुझावः मन्त्री कांग्रेसको होस् कि एमालेको, गलत गर्छ भने मिनेटभरमा बर्खास्त गर्न सक्नुपर्छ

२३ पुष २०८१, मंगलवार १६:३८

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट पदको दुरुपयोग गरेर गलत गर्ने मन्त्रीलाई मिनेटभरमा कारबाही गर्ने कमिटमेन्ट चाहिएको बताएका छन् । आज (मंगलबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस वा एमाले जोसुकैको भएपनि गलत गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले मिनेटभरमा बर्खास्त गर्न सक्नुपर्ने बताएका हुन् । उनले युवाप्रति आशा जगाउन र विस्वासको वातावरण सिर्जना गर्न प्रधानमन्त्री ओलीबाट यस प्रकारको कमिटमेन्ट आउनु आवश्यक रहेको बताए ।

‘अहिले हाम्रो सहयोगमा बन्नुभएको प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्रीबाट के कमिटमेन्ट चाहिएको छ भने कुनैपनि मन्त्री कुनैपनि काण्डमा, अहिले भइरहको मन्त्रीले आफ्नो पदको दुरुपयोग गरेर काम गर्छ भने कांग्रेसको होस् कि एमालेको होस् मिनेटभरमा बर्खास्त गर्न सकियो भनेमात्रै त्यतिखेर सरकारले म शुद्धीकरणको बाटोमा लागेँ भनेको अर्थ रहन्छ । यो विषयमा तपाईँ, हामीले काम गर्नुपर्ने छ,’– उनले भने ।

अहिले नागरिकहरुले नेताहरुको गति र मति ठीक नभएको टिप्पणी गरिरहेको र आगामी २०८४ को निर्वाचनमा जाँदा त्यसलाई चिर्नुपर्ने उनले बताए । त्यस्तै, अहिले नाम चलेका भ्रष्टाचारका काण्ड सबै छानविन हुनुपर्ने र दोषी देखिएको खण्डमा जोसुकै र जतिसुकै शक्तिशाली भएपनि कारबाही गरिनुपर्ने उनको धारणा छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नसकेको खण्डमा सर्वशक्तिशाली आयोग बनाएर भएपनि दोषीलाई कारबाही गरिनुपर्ने उनले बताए ।

कांग्रेसको आत्म नै विधिको शासन रहेको दाबी गर्दै उनले पूर्वमन्त्री, प्रधानमन्त्री वा बहालवाला जोसुकै भएपनि दोषी देखिएको खण्डमा छोड्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी