७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

२६ पुष २०८१, शुक्रबार १२:११

काठमाडौँ | गत २३ पुस (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ ।

सशस्त्र प्रहरीका ४ जना नायब महानिरीक्षकको पदावधि थप लगायतका विभिन्न ६ वटा निर्णय सो दिनको मन्त्रिपरिषद् बैठकले गरेको जानकारी गराइएको छ ।

त्यस्तै, बैठकले पुस २६ र २७ (शुक्रबार र शनिबार) हुने नेपाल–भारत वाणिजय सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकमा गरिने वार्ता तथा छलफलको कार्यसूची पनि स्वीकृत गरेको छ ।

उक्त बैठकमा सहभागी हुनका लागि उद्योग, वाणिजय तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले आगामी फागुन १२ गते देखि १५ गतेसम्म इलालीको रोममा आयोजना हुने जनवायु परिवर्तनसँग सम्बन्ध्ति कार्यक्रममा सहभागी हुनका लागि वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मालाई स्वीकृति प्रदान गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालय सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रूपमा काम गर्ने गरी काजमा खटाउने निर्णय पनि गरेको छ ।

परराष्ट्र मन्त्रालयका कायम मुकायम सचिव अमृतबहादुर राईलाई बढुवा गरी परराष्ट्र मन्त्रालयमा पदस्थापन गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी