७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो

२६ पुष २०८१, शुक्रबार १२:४९

काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन २०८७ सालमा हुन्छ भनेपछि कांग्रेस-एमाले गठबन्धनको औचित्य समाप्त भएको बताएका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठकमा संविधान संशोधन २०८७ सालमा हुने बताएका थिए । कांग्रेस-एमालेबीच संविधान संशोधन गर्नेलगायत सातबुँदे सहमतिपछि एमाले अध्यक्ष ओली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री ओलीले कांग्रेस-एमालेबीच भएको ७बुँदे सहमतिविपरीत संविधान संशोधन २०८७ सालमा मात्रै हुन्छ भनेर प्रतिक्रिया दिएपछि कांग्रेस असन्तुष्ट बनेको छ ।

कांग्रेस नेता रिजालले प्रधानमन्त्री ओलीले नै संविधान संशोधन २०८७ मा हुन्छ भनेपछि गठबन्धनको औचित्य समाप्त भएको आफूले बुझेको बताए । ‘सातबुँदे सहमतिमा संविधान संशोधन गर्ने विषय पनि छ । संविधान संशोधन नगर्ने हो भने कांग्रेस-एमालेको लगभग दुईतिहाइको सरकारको काम छैन,’ उनले भने, ‘प्रधानमन्त्री ओलीले नै २०८७ मा संविधान संशोधन हुन्छ भन्नुभयो । यो भनेको गठबन्धनको औचित्य समाप्त भयो भन्ने हो ।’

नेता रिजालले सबै दललाई विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्ने बताए । ‘सबै दललाई विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्छ । अनि मात्रै आगामी चुनावमा लाग्नुपर्छ,’ उनले भने । रिजालले सातबुँदे सहमतिको मुख्य उद्देश्य नै आवश्यक छैन भनेपछि कांग्रेस र एमाले अब किन एक ठाउँमा बस्नु पर्‍यो भन्ने प्रश्न गरे । ‘सातबुँदे सहमतिको मुख्य उद्देश्य नै आवश्यक छैन भनेपछि अब कांग्रेस र एमाले किन एक ठाउँमा बसिरहनु पर्‍यो ?,’ उनले प्रश्न गरे ।

नेता रिजालले संविधान संशोधन अहिले हुँदैन भनेर प्रधानमन्त्री ओलीले अब गठबन्धनको औचित्य सकियो भन्ने सन्देश दिएको बताए । ‘ओलीजीले ०८७ मा संविधान संशोधन गर्ने भन्नुको अर्थ अब गठबन्धनको औचित्य छैन भन्ने सन्देश दिन खोज्नुभएको हो । मैले त्यहीँ रूपमा बुझेको छु,’ उनले भने,’मूल उद्देश नै पूरा गर्न नसकिने हो भने किन कांग्रेस एमालेसँगै बस्नुपर्‍यो ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी