२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८४ को चुनावपछि मात्र कांग्रेस महाधिवेशन हुन्छ : शशाङ्क कोइराला

२८ पुष २०८१, आईतवार १६:५४

दाङ । सत्तारुढ नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले २०८४ को चुनावपछि मात्र कांग्रेसको महाधिवेशन हुने दावी गरेका छन् । दाङको घोराहीमा आज आयोजित पार्टीका जिल्ला, क्षेत्र, नगर, पालिका, वडाका अगुवा कार्यकर्ताहरुसँगको भेटमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले पार्टीको महाधिवेशन सभापति शेरबहादुर देउवाले आफू चुनावी सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बनेपछि मात्रै हुने भन्दै २०८४ पछि मात्रै कांग्रेसको महाधिवेशन गर्न उपयुक्त हुने बताए । समयमै पार्टीको महाधिवेशन गर्नसके अत्यन्तै राम्रो हुने तर महाधिवेशन समयमा नभएर लम्बिएको खण्डमा आम चुनावको मुखमा महाधिवेशन गर्दा चुनावमा तिक्तता पैदा भई पार्टीले चुनावमा क्षति वेहोर्ने बताए ।

त्यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारबाट मुलुकमा ठूला–ठूला विकास निर्माणको काम हुन नसकेको तर्क गरे । उनले कांंग्रेस सरकारमा सामेल भएपनि सरकारको नेतृत्वकर्ता ओलीले मुलुकमा सुशासन पनि दिन नसकेको आरोप लगाए । उनले कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा जनतामा उत्साह भएपनि ६ महिनाको बीचमा जनतामा निराशा छाउँदै गएको बताए ।

अध्यादेशबाट सरकार सञ्चालन गर्नु विडम्वनापूर्ण वातावरण भएको भन्दै उनले कांग्रेसका जिम्मेवार पदाधिकारीले अहिले संसदलाई छलेर अध्यादेशबाट सरकार सञ्चालन गर्ने कुरामा साक्षी बस्दै हिँडेको आरोप लगाए । काग्रेस नेता– कार्यकर्ताहरुले विवेक पुर्‍याउनु पर्ने समय आउन लागेको भन्दै अब आउने महाधिवेशनमा आफू सभापति लड्ने पनि सुनाए । सभापति लड्ने सोच बनाइरहँदा देशभर कांग्रेस नेता–कार्यकर्ताहरुलाई भेट्ने क्रममा दाङ आइपुगेको चर्चा गर्दै नेता कोइरालाले घुमाउरो पारामा आउने सभापतिमा शेखर कोइरालालाई छाड्न नसक्ने जनाउ दिए ।

कोइराला परिवार एक ठाउँमा आउनु र नआउनु ठूलो अर्थ नराख्ने चर्चा गर्दै उनले रगतको नाताले मात्रै नहुने भएकाले विचारको एकता नहुँदासम्म कोइराला परिवार एक हुनुको अर्थ नरहेको टिप्पणी गरे । कांग्रेसभित्र शक्तिलाई केन्द्रीकृत गर्ने काम मात्रै भइरहेको बताउँदै उनले आफू नेतृत्वमा आएपछि केन्द्रवाट हुँदै आएको टिकट वितरण प्रकृयालाई पनि आफू जिल्ला, क्षेत्रलाई दिने गरी काग्रेसको विधान संशोधन गर्ने उनले बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन