काठमाडौं । आज पाचँ वटा समितिको बैठक बस्दैछ ।
जसअन्तर्गत न्याय तथा मानव समितिको बैठक पनि आज बस्ने भएको छ । बिहान १०:३० बजे बस्ने बैठकमा नेपाली ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सञ्चार तथा सुचना प्रविधि मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल हुनेछ ।
यस्तै, संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ |
बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफल हुनेछ ।
यसैगरी, आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । प्रधानमन्त्रीबाट भएको पछिल्लो वैदेशीक भ्रमण सम्बन्धमा बैठकमा छलफल हुनेछ भने परराष्ट्र मन्त्रालयको आ।ब २०८१÷८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा पनि छलफल हुनेछ । यो बैठक बिहान ११ बजे बस्दैछ ।
आजै विधायन व्यवस्थापन समितिको ३४ औँ बैठक पनि बस्दैछ । बैठक अपरान्ह् १२:३० बजे बस्दैछ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुँदैछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २५४ औँ बैठक आज बस्दैछ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल हुँदैछ । दिनको १ बजे बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट मन्त्री र सचिवलाई आमन्त्रित गरिएको छ ।