७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिलेसम्म अदालतमा हाजिर हुन गएनन् छवि, कहाँ छन् ?

२९ पुष २०८१, सोमबार १२:४२

काठमाडौँ | सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस भइरहेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा बहस जारी छ ।

तर, बिहीबार पोखराबाट उनीसँगै रिहा भएका पूर्वडीआईजी छविलाल बन्जाडे जोशी अहिलेसम्म काठमाडौं जिल्ला अदालतमा हाजिर हुन गएका छैनन् । जिल्ला प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले जोशीका बारेमा केही जानकारी नभएको बताए ।

उनी पनि पोखरामा सञ्चालित सूर्यदर्शन सहकारी ठगी मुद्दामा रविसँगै बिहीबार रिहा भएका थिए । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई ८८ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि उनी काठमाडौं गएको कास्की प्रहरी स्रोतले बताएको छ । तर, काठमाडौंमा प्रहरी र अदालत दुवैको सम्पर्कमा छैनन् ।

कास्की जिल्ला अदालतमा प्रहरीले मुद्दा पेश गर्दैमा निजहरू छुटिजाने अवस्थामा पुनः प्रहरीकै जिम्मा दिन माग गरेको थियो । तर, अन्य जिल्लाका मुद्दाका सम्बन्धमा आफैँ उपस्थित हुने गरी रिहा भएका थिए । त्यसैले काठमाडौं प्रहरीसँग उनलाई पक्राउ गर्ने आधार छैन । ‘अदालतले उपस्थित गराउन भन्यो भने मात्र आफूहरूले खोज्नुपर्ने प्रवक्ता अधिकारीले बताए ।

रविको हकमा आइतबार जिल्ला अदालतमा बयान सकिएपछि पनि थुनछेक बहस शुरु नहुँदा न्यायीक हिरासतमा राख्न प्रहरी परिसर पठाइएका थिए । आज थुनछेक बहस हुँदै छ, बहसपछि इजलासको आदेशअनुसार धरौटीमा छुट्ने वा पुर्पक्षका लागि थुनामा राख्ने भन्ने निर्क्यौल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी