२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धरौटीमा छुटेका रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै उच्चमा रिट निवेदन दायर

२०८१, ७ माघ सोमबार १६:५२

काठमाडौँ | जिल्ला अदालत कास्कीको आदेशपछि धरौटी बुझाएर छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सात जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर भएको छ ।

पोखराको स्वर्णलक्ष्मी ऋण तथा बचत सहकारी संस्थाको बचत रकम हिनामिनाको आरोपमा पक्राउ परी धरौटीमा छुटेका उनीहरूलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले निवेदन दिएको हो । निवेदनमा रविसहित छविलाल जोशी, रामबहादुर खनाल, मीना गुरुङ, लिला पछाई, कृष्णबहादुर गुरुङ र आरती गुरुङ थुनामा राख्न माग गरिएको छ ।

गएको पुस २५ गते न्यायाधीश नितिज राईको इजलासले रविसहित सात जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेशपछि उनीहरू उक्त रकम बुझाइ तारेखमा रहेर मुद्दाको पुर्पक्ष गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै