७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविको थुनछेक बहस: थुनछेकको औचित्य नभएको भन्दै सरकारी वकिल र श्रीमानबीच नोकझोक

१० माघ २०८१, बिहीबार १६:०६

रुपन्देही | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस जारी रहेको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस भइरहेको हो । अदालत स्रोतका अनुसार थुनछेक बहस आज नसकिने निश्चित छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादी रहेका लामिछाने हिजो (बुधबार) आफैं जिल्ला अदालतमा हाजिर भएका थिए । जिल्ला अदालले बयान गराएर लामिछानेलाई श्रीमती निकिता पौडेलको जिम्मा लगाएको थियो ।

सो मुद्दामा सरकारको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयबाट ५ जना र उच्च सरकारी वकिलको कार्यालय ३ जना गरी ८ जना सरकारी वकिलले बहस गर्ने भएका छन् । उच्च सरकारी वकिलको कार्यालय बुटवलबाट प्रमुख सहन्यायाधिवक्ता सोमकान्ता भण्डारी, उपन्यायाधिवक्ताद्वय प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गर्दैछन् । सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेल, सहायक जिल्ला न्यायाधिवक्ताहरु गोकर्णराज घिमिरे, सुनिल लामिछाने, वसन्तराज पोख्रेल र पवित्रा भण्डारीले बहस गरिसकेका छन् ।

अझै सहकारी पीडितको तर्फबाट कानुन व्यवसायीहरुले बहस गर्न बाँकी नै छ । पीडितको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र डा. सुरेन्द्र भण्डारीले बहस गर्नेछन् ।

लामिछानेलाई हिजो परिवारको जिम्मा लगाएको प्रति सरकारी वकिलहरुले इजलासमा आक्रोश व्यक्त गरेका छन् । लामिछानेलाई हिजो परिवारको जिम्मामा छाड्नुले थुनछेकको औचित्य नै समाप्त भएको भन्दै उनीहरुले न्यायाधीश योगीप्रति कटाक्ष गरे । सरकारी वकिलहरुले न्यायाधीश योगीले थुनछेकको विधिशास्त्र नै मिचेको संकेत गरे ।

बयान दिन आएको मान्छेलाई पुन परिवारको जिम्मा लगाएकोमा असन्तुष्टि व्यक्त गर्दै सरकारी वकिलले लामिछाने जोडिएको मुद्दा नहेर्न समेत न्यायाधीश योगीलाई सुझाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी