२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध

२०८१, २९ माघ मंगलवार १४:२७

काठमाडौँ | नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेकी लुम्बिनी प्रदेशकी नेकपा एमालेकी सांसद रेखाकुमारी शर्माविरूद्ध मुद्दा नचल्ने निर्णय गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले शर्माविरूद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।

यो विषयमा रास्वपाका सांसद अशोक चौधरीले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विरोध गरे । ‘यो सरकार न्यायको होइन, अन्यायको संरक्षक बन्दै गएको छ । चोरलाई चौतारो र निर्दोषलाई शूली चढाउने शासकको रूपमा इतिहासमा दर्ज हुँदैछ,’ चौधरीले भने ।

उनले बालिकाको उद्धार गरे पनि दोषीलाई कारबाही किन नगरेको भन्ने प्रश्न गरे । ‘कमलरी मुक्तिको घोषणा गरेर सरकारले थारु चेलीहरूलाई आशा दिलाएको थियो । तर, विडम्बना । आज यही सरकारको छत्रछायाँमा एक सांसदले दाङकी थारु नाबालिकालाई बन्धक बनाएर दासीसरह शोषण गरिन् । काठमाडौं महानगरपालिकाले उद्धार गर्‍यो, तर कारबाही ? शून्य !,’ चौधरीले भने ।

दोषीलाई कारबाही नगर्ने हो भने कमलरी प्रथा पुन: स्थापित भएको घोषणा गरिदिन माग गरे । ‘यदि आठ–आठ वर्षसम्म एउटी नाबालिकालाई एउटा सांसदले बन्धक बनाएर राख्ने, राजनीतिक आडमा अपराधीलाई उन्मुक्ति दिने र सरकार मुकदर्शक बनी बस्छ भने नेपाल सरकारले खुलेरै घोषणा गरिदियोस्, कमलरी प्रथा पुनः स्थापित भइसकेको छ भनेर,’ उनले भने ।

उनले वर्तमान सरकार आफ्ना नेता कार्यकतालाई बचाउनलाई, भ्रष्ट्राचारीलाई जोगाउनलाई,दलाल ठग बिचौलियालाई उन्मुक्ति दिनलाई बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह