७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध

२९ माघ २०८१, मंगलवार १४:२७

काठमाडौँ | नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेकी लुम्बिनी प्रदेशकी नेकपा एमालेकी सांसद रेखाकुमारी शर्माविरूद्ध मुद्दा नचल्ने निर्णय गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले शर्माविरूद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।

यो विषयमा रास्वपाका सांसद अशोक चौधरीले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विरोध गरे । ‘यो सरकार न्यायको होइन, अन्यायको संरक्षक बन्दै गएको छ । चोरलाई चौतारो र निर्दोषलाई शूली चढाउने शासकको रूपमा इतिहासमा दर्ज हुँदैछ,’ चौधरीले भने ।

उनले बालिकाको उद्धार गरे पनि दोषीलाई कारबाही किन नगरेको भन्ने प्रश्न गरे । ‘कमलरी मुक्तिको घोषणा गरेर सरकारले थारु चेलीहरूलाई आशा दिलाएको थियो । तर, विडम्बना । आज यही सरकारको छत्रछायाँमा एक सांसदले दाङकी थारु नाबालिकालाई बन्धक बनाएर दासीसरह शोषण गरिन् । काठमाडौं महानगरपालिकाले उद्धार गर्‍यो, तर कारबाही ? शून्य !,’ चौधरीले भने ।

दोषीलाई कारबाही नगर्ने हो भने कमलरी प्रथा पुन: स्थापित भएको घोषणा गरिदिन माग गरे । ‘यदि आठ–आठ वर्षसम्म एउटी नाबालिकालाई एउटा सांसदले बन्धक बनाएर राख्ने, राजनीतिक आडमा अपराधीलाई उन्मुक्ति दिने र सरकार मुकदर्शक बनी बस्छ भने नेपाल सरकारले खुलेरै घोषणा गरिदियोस्, कमलरी प्रथा पुनः स्थापित भइसकेको छ भनेर,’ उनले भने ।

उनले वर्तमान सरकार आफ्ना नेता कार्यकतालाई बचाउनलाई, भ्रष्ट्राचारीलाई जोगाउनलाई,दलाल ठग बिचौलियालाई उन्मुक्ति दिनलाई बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या