साउन ८, काठमाडौँ । माओवादी केन्द्र अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचन असाध्यै खर्चिलो भएको र सामान्य नागरिकले सहभागी नै हुन नसक्ने अवस्था आएकाले अब पूर्णसमानुपाति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ८, काठमाडौँ । माओवादी केन्द्र अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचन असाध्यै खर्चिलो भएको र सामान्य नागरिकले सहभागी नै हुन नसक्ने अवस्था आएकाले अब पूर्णसमानुपाति"/>
९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन असाध्यै खर्चिलो भयो, अब सुधार हुनुपर्छ: प्रचण्ड

८ श्रावण २०७४, आईतवार १३:२४

साउन ८, काठमाडौँ । माओवादी केन्द्र अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचन असाध्यै खर्चिलो भएको र सामान्य नागरिकले सहभागी नै हुन नसक्ने अवस्था आएकाले अब पूर्णसमानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “गाँउपालिकाको अध्यक्षमा उम्मेदवार हुनेले पाँच÷सात करोडसम्म खर्च गरेको भन्ने सूचना आएको छ । प्रदेशसभाको निर्वाचनका लागि सोही अनुपातमा खर्च होला, प्रतिनिधिसभा सदस्यका लागि कुन हदसम्मको रकम खर्च होला रु सामान्य नागरिकले निर्वाचनमा सहभागी नै हुन नसक्ने अवस्था आयो ।”

उहाँले निर्वाचनमा हुने अनियन्त्रित खर्च नियन्त्रणका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै उत्तम विकल्प रहेकामा जोड दिनुभयो । समानुपातिक निर्वाचन प्रणालीमा रहेका केही कमजोरी सुधार गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ छ । 

अनुभव र परिचालनको अभावमा निर्वाचन हारियो

पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले वैचारिक राजनीतिक कार्यदिशामा स्पष्टताको कमी, पार्टी विभाजनको असर, सङ्गठनात्मक अराजकता र कमजोर जनसम्बन्ध, बैठक बस्न नै कठिन हुने ‘जम्बो’ समिति, निर्वाचन परिचालनमा अनुभवको कमीले स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम हासिल हुन नसकेको बताउनुभयो । 

यस्तै निर्वाचनमा कुशलताको कमी, उत्पिडित वर्ग, जाति, क्षेत्र र लिंगको पहिचान र अधिकार स्थापित गर्ने पहल र सक्रियताको अभाव, पार्टीभित्र देखिएको गुटबन्दी र घात र अन्तरघातको द्रुष्प्रभाव, पार्टी र पार्टी नेतृत्वको सरकारबाट भए गरेका राम्रा कामको व्यवस्थित प्रचारको कमी रहेको उल्लेख गर्नुभयो । 

माओवादी केन्द्रले विभिन्न प्रतिकूलताका बाबजुद पार्टीका उम्मेदवारलाई मतदान गर्ने मतदाताप्रति धन्यवादसमेत व्यक्त गरेको छ । 

पार्टी एकतामा आउन आग्रह

माओवादी केन्द्रले पार्टी एकता प्रक्रियालाई पूर्णता दिन नेकपा ९क्रान्तिकारी माओवादी०, नेकपा, नयाँ शक्ति नेपाललाई आग्रह गरेको छ । एकताका बारेमा माओवादी केन्द्रको निर्णयमा भनिएको छ, “पार्टी एकता प्रक्रियालाई पूर्णता दिने विषयको आवश्यकता महशुुस गर्दै मुख्यतः मोहन वैद्य, डा बाबुराम भट्टराई, नेत्रविक्रम चन्द नेतृत्वको घटक र सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीलाई अपिल छ ।”

अध्यक्ष दाहालले भन्नुभयो, “स्थानीय तहको निर्वाचनले माओवादी केन्द्र नै माओवादी घटकको मूलप्रवाह रहेको स्थापित भएकाले अब छुट्टाछुट्टै बस्नु आवश्यक नभएको र जनताले पनि माओवादी एक होओस् भन्ने चाहेको देखिएकाले तत्काल एकता प्रक्रिया अत्यावश्यक छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने सत्तारुढ दलको बैठक आज बस्दै विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन युरोपा लिगमा रिगास एफएसविरुद्ध इन्टरिज फ्राङ्कफटको जीत लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन यस्तो रहनेछ आजको मौसम ? हल्का वर्षाको सम्भावना एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त