१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाललाई अमेरिकाले दिएको सहयोग सार्बजनिक गर्दै ट्रम्पले भने- यो सबै ठगी हो !

७ फाल्गुन २०८१, बुधबार १३:४०

एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दस्तावेज सार्वजनिक गर्दै नेपाललाई दुईवटा शीर्षकमा गरिएकाे सहयाेगलाई विवरण सार्बजनिक गर्दै ट्रम्पले ठगीकाे संज्ञा दिएका छन् ।

राष्ट्रपति ट्रम्पले  नेपालमा वित्तीय संघीयताका लागि अमेरिकाले २ कराेड अमेरिकी डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर दिएकाे बताएका छन् । याे सहयाेगलाई उनले ठगीकाे संज्ञा दिए ।

राष्ट्रपति ट्रम्पले नेपालको संघीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर रोकिएको जानकारी गराउदै यो ‘फ्रड’ अर्थात ठगी भएको बताएका हुन् ।

ट्रम्प राष्ट्रपति बनेपछि एलन मस्कको नेतृत्वमा गठन भएको सरकारी कार्यक्षमता विभाग (डोज) को सिफारिसमा विश्वभर अमेरिकाले दिदै आएको सहयोग रोकिरहेका छन् ।

सोहि विवरण सार्बजनिक गर्दै ट्रम्पले भने- ‘नेपालमा संघीयता सुदृढीकरणका लागि २० मिलियन डलर सहयोग दिइयो, यो सबै ठगी हो, त्यस्तै नेपाललाई जैविक विविधता संरक्षणको लागि १९ मिलियन डलर दिइएको छ ।’

सो अवसरमा ट्रम्पले भारतलाई मतदान प्रतिशत वृद्धिका गरिएको २१ मिलियन डलर सहयोगको पनि आलोचना गरेका छन् । भारतसँग आफ्नै धेरै पैसा भएको भन्दै ट्रम्पले मतदान बढाउन गरिएको यो सहयोग बारे आश्चर्य व्यक्त गरेका छन् ।

मस्क नेतृत्वको डोजले युएसएडलाई बन्द गरेको छ भने एमसीसी लगायतका परियोजनाबाट नेपालमा आउने सहयोग पनि बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’