७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राष्ट्रभक्तिको भावना कमजोर हुँदै जाँदा विदेशिने होड चलेको छ :अध्यक्ष प्रचण्ड

१९ फाल्गुन २०८१, सोमबार ०८:३०

जनकपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले युवा जनशक्ति निरन्तर विदेश पलायन भइरहेकाले देशको औद्योगिक तथा आर्थिक विकास ठप्प परेको बताएका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघमा उद्योगी–व्यवसायीसँगको भेटमा अध्यक्ष प्रचण्डले औद्योगिक र आर्थिक विकासबिना समृद्धि सम्भव नहुने उल्लेख गर्दै उनले युवा जनशक्ति बाहिरिँदा औद्योगिक गतिविधिहरू प्रभावित भइरहेको बताएका हुन् ।

डलरको लोभ तथा राष्ट्रभक्तिको भावना कमजोर हुँदै जाँदा विदेशिने होड चलेको छ । यसलाई रोक्न नैतिक र राष्ट्रभक्तिको शिक्षा आवश्यक रहेको उनले बताए ।

त्यस्तै अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरता तथा सुशासनका लागि कार्यकारी शासकीय प्रणाली आवश्यक रहेको बताए ।

अहिलेको शासकीय प्रणालीमा स्थिरता कायम गर्न कठिन रहेको उनले स्पष्ट पारे । उनले जनकपुरधाम ऐतिहासिक शहर भए पनि राजनीतिकरणका कारण वीरगञ्ज र विराटनगरभन्दा पछि परेको बताए । अब जनकपुरधामको विकासका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी