६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्ञानेन्द्र शाही भन्छन्- ‘योगी आदित्यनाथको फोटो ओलीको निर्देशनमा विष्णुले राख्न लगाए’

२६ फाल्गुन २०८१, सोमबार ११:४४

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हिजो भएको राजावादीको प्रदर्शनमा योगी आदित्यनाथको फोटो प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राखिएको आरोप लगाएका छन्।

सोमबार समाजिक सञ्जालमार्फत उनले उक्त फोटो नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ‌ओलीको निर्देशनमा सल्लाहकार विष्णु रिमालले राख्न लगाएको आरोप लगाएका हुन्।

‘फोटो कतै मिडियामा आउन पाको छैन, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले पहिले फेसबुकमा कसरी राखे? आन्दोलन कहाँ छ भन्ने कुरा कसरी थाहा भयो?,’ शाहीले भने, ‘यो सबै उनीहरूको डिजाइन हो। आफैं लगाएर खिचे अनि राखे।’

साथै, उनले विदेशी एजेन्डा र सिद्धान्तमा पार्टी चलाउनेहरूले राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न त्यस्तो कुकर्म गरिएको भन्दै सोको विरोधसमेत गरेका छन्।

‘नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् छि छि,’ उनी थप्छन्, ‘विदेशीको एजेन्डामा र सिद्धान्तनमा पार्टी चलाउनेहरुले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ? मार्क्स, लेलिन, माओ कुन देशका हुन्?’

हिजो पूर्वराजा ज्ञानेन्द्र शाह लामो समयको पोखरा बसाईपछि काठमाडौं फर्किएका थिए। उनको स्वागतका लागि राप्रपाको निर्देशनमा राजावादीहरू त्रिभुवन विमानस्थलमा पुगेका थिए। सोही क्रममा भीडमा योगी आदित्यनाथको फोटो पनि देखिएको थियो।

योगीले राजा फर्काउन आह्वान गरेको भन्दै यसको चौतर्फी चर्चा, बहस र आलोचनासमेत भइरहेको छ। यसैको खण्डन गर्दै राप्रपका प्रमुख सचेतक शाहीले उक्त फोटो एमालेकै निर्देशनमा राखिएको पाइएको बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै