२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्ञानेन्द्र शाही भन्छन्- ‘योगी आदित्यनाथको फोटो ओलीको निर्देशनमा विष्णुले राख्न लगाए’

२०८१, २६ फाल्गुन सोमबार ११:४४

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हिजो भएको राजावादीको प्रदर्शनमा योगी आदित्यनाथको फोटो प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राखिएको आरोप लगाएका छन्।

सोमबार समाजिक सञ्जालमार्फत उनले उक्त फोटो नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ‌ओलीको निर्देशनमा सल्लाहकार विष्णु रिमालले राख्न लगाएको आरोप लगाएका हुन्।

‘फोटो कतै मिडियामा आउन पाको छैन, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले पहिले फेसबुकमा कसरी राखे? आन्दोलन कहाँ छ भन्ने कुरा कसरी थाहा भयो?,’ शाहीले भने, ‘यो सबै उनीहरूको डिजाइन हो। आफैं लगाएर खिचे अनि राखे।’

साथै, उनले विदेशी एजेन्डा र सिद्धान्तमा पार्टी चलाउनेहरूले राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न त्यस्तो कुकर्म गरिएको भन्दै सोको विरोधसमेत गरेका छन्।

‘नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् छि छि,’ उनी थप्छन्, ‘विदेशीको एजेन्डामा र सिद्धान्तनमा पार्टी चलाउनेहरुले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ? मार्क्स, लेलिन, माओ कुन देशका हुन्?’

हिजो पूर्वराजा ज्ञानेन्द्र शाह लामो समयको पोखरा बसाईपछि काठमाडौं फर्किएका थिए। उनको स्वागतका लागि राप्रपाको निर्देशनमा राजावादीहरू त्रिभुवन विमानस्थलमा पुगेका थिए। सोही क्रममा भीडमा योगी आदित्यनाथको फोटो पनि देखिएको थियो।

योगीले राजा फर्काउन आह्वान गरेको भन्दै यसको चौतर्फी चर्चा, बहस र आलोचनासमेत भइरहेको छ। यसैको खण्डन गर्दै राप्रपका प्रमुख सचेतक शाहीले उक्त फोटो एमालेकै निर्देशनमा राखिएको पाइएको बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी