२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधि सभाको बैठकमा एमाले सांसद उर्मिला थेबे बसेको कुर्सी भाँचिएपछि…

२०८१, २७ फाल्गुन मंगलवार १७:२४

काठमाडौँ | आजको प्रतिनिधि सभाको बैठकमा अचानक अप्रत्याशित घटना घट्यो । जब सत्तारूढ नेकपा (एमाले) की सांसद उर्मिला थेबे बसिरहेकि ठाउको कुर्सी एकाएक भाँचियो । त्यसपछी बैठक केही समयका लागि प्रभावित बन्यो ।

घटना संसद भवनमा भएको विशेष समयमा घटेको हो, जब नेपाली कांग्रेसका सांसद गगन थापा संसदमा सम्बोधन गरिरहेका थिए । कुर्सी काण्ड पछी सांसद थापाले केहिबेर आफ्नो सम्बोधन रोकेका थिए । त्यसपछी उनि लगायत सबैको ध्यान उक्त दुर्घटनामा पुग्यो ।

सांसद उर्मिला थेबेको कुर्सी भाँचिएपछि बैठकमा हलचल मच्चियो , र सभामुख देवराज घिमिरेले चासो देखाउँदै तुरुन्तै घटनास्थलमा ध्यान दिए । गगन थापा पनि आफ्नो सम्बोधन रोके पश्चात् पछाडि फर्किएर उर्मिला थेबेका बारेमा सोधपुछ गरे।

घटनापछि अन्य सांसदहरूको मद्दतले उर्मिला थेबेलाई बैठक कक्षबाट बाहिर निकाले । यस घटनामा कुनै पनि प्रकारको चोटपटक नलागेको जानकारी नेकपा (एमाले)की सचेतक सुनिता बरालले दिइन् । “उहाँलाई कुनै चोटपटक छैन, उहाँ ठिक हुनुहुन्छ,” उनले भनिन् ।

यो अप्रत्याशित घटनाले केही समयको लागि संसदको बैठकमा विघ्न ल्याएको भए पनि सांसद उर्मिला थेबेको अवस्था स्थिर रहेको बुझिएपछी  बैठकको काम कारवाही पुनः सुचारु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार