६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधि सभाको बैठकमा एमाले सांसद उर्मिला थेबे बसेको कुर्सी भाँचिएपछि…

२७ फाल्गुन २०८१, मंगलवार १७:२४

काठमाडौँ | आजको प्रतिनिधि सभाको बैठकमा अचानक अप्रत्याशित घटना घट्यो । जब सत्तारूढ नेकपा (एमाले) की सांसद उर्मिला थेबे बसिरहेकि ठाउको कुर्सी एकाएक भाँचियो । त्यसपछी बैठक केही समयका लागि प्रभावित बन्यो ।

घटना संसद भवनमा भएको विशेष समयमा घटेको हो, जब नेपाली कांग्रेसका सांसद गगन थापा संसदमा सम्बोधन गरिरहेका थिए । कुर्सी काण्ड पछी सांसद थापाले केहिबेर आफ्नो सम्बोधन रोकेका थिए । त्यसपछी उनि लगायत सबैको ध्यान उक्त दुर्घटनामा पुग्यो ।

सांसद उर्मिला थेबेको कुर्सी भाँचिएपछि बैठकमा हलचल मच्चियो , र सभामुख देवराज घिमिरेले चासो देखाउँदै तुरुन्तै घटनास्थलमा ध्यान दिए । गगन थापा पनि आफ्नो सम्बोधन रोके पश्चात् पछाडि फर्किएर उर्मिला थेबेका बारेमा सोधपुछ गरे।

घटनापछि अन्य सांसदहरूको मद्दतले उर्मिला थेबेलाई बैठक कक्षबाट बाहिर निकाले । यस घटनामा कुनै पनि प्रकारको चोटपटक नलागेको जानकारी नेकपा (एमाले)की सचेतक सुनिता बरालले दिइन् । “उहाँलाई कुनै चोटपटक छैन, उहाँ ठिक हुनुहुन्छ,” उनले भनिन् ।

यो अप्रत्याशित घटनाले केही समयको लागि संसदको बैठकमा विघ्न ल्याएको भए पनि सांसद उर्मिला थेबेको अवस्था स्थिर रहेको बुझिएपछी  बैठकको काम कारवाही पुनः सुचारु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै