१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्ञानेन्द्रको स्वागतमा योगी आदित्यनाथको पोस्टर बोक्ने राणा भारतमा, दिए यस्तो प्रतिक्रिया

२८ फाल्गुन २०८१, बुधबार १३:२८

काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्‍यालीमा गत आइतबार  भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो बोकेका प्रदीपविक्रम राणा गोरखपुर पुगेका छन् ।

उनले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै आफूलाई नेपाल प्रहरीले खोजी गरिरहेको बताएका छन् । आफूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएकै कारण भारतमा शरण लिनुपरेको उनको भनाइ छ ।

गोरखपुर पुगेका नेपाली नागरिक प्रदीप विक्रम राणाले दैनिक भास्करमा पनि अन्तर्वार्ता दिदै भनेका छन् , “मैले नेपालमा राजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पोस्टर लहराएँ। त्यसपछि नेपाल सरकार र प्रहरीले मलाई षड्यन्त्रकारी ठहर्यायो। आफ्नो ज्यान जोगाउन नेपाल छोडेर गोरखपुर आउनुपर्‍यो।”

५८ वर्षीय राणा मंगलबार नेपालबाट भागेर उत्तर प्रदेशको गोरखपुर आइपुगेको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ । उनले भनेका छन्, ‘भारत सरकार र योगीजीसँग मिलेर  मलाई नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र रचेको आरोप लगाइएको छ ।’

गत आइतबार राजा ज्ञानेन्द्र शाह नेपाल फर्किएको अवसरमा हजारौं जनताले एयरपोर्टमा स्वागत गरेका थिए। त्यस क्रममा राणाले राजा ज्ञानेन्द्र र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको संयुक्त पोस्टर देखाएका थिए। उनले भनेका छन्, “योगीजीले हिन्दू धर्म र हिन्दुत्वको संरक्षणका लागि लड्दै आउनुभएको छ। म उहाँलाई विश्वभरिका हिन्दूहरूको नेता मान्छु। धार्मिक रूपमा पनि म उहाँलाई धेरै सम्मान गर्छु।”

राणाले आफुले कहिल्यै योगी आदित्यनाथलाई नभेटेका बताएका  छन् र  भारतका कुनै नेता वा अधिकारीसँग सम्पर्कमा समेत नरहेको बताएका  छन्। उनले भनेका छन्, “म कुनै नेताबाट पैसा लिएको छैन, यस्तो कुरा सपना मै पनि सोचेको छैन। म आफ्नो राजा ज्ञानेन्द्र शाह र योगीजीको सम्मान गर्छु। मेरो अपराध भनेको यही हो कि म नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउन चाहन्छु।”

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्समा राणालाई उद्धृत गर्दै भनिएको छ, “मेरो छोरी पाइलट छ, छोरा डाक्टर छ। पिताजी सेना सेवामा हुनुहुन्थ्यो। हाम्रो परिवार आर्थिक र सामाजिक रूपमा सक्षम छ। म लुकिछिपी भारत आएँ। नेपालमा पुनः राजतन्त्र ल्याउने र हिन्दू राष्ट्र पुनःस्थापना गर्ने मेरो संघर्ष जीवनभर जारी रहनेछ। मलाई कसैले उचालेको छैन, न त प्रायोजित भएको छु। मसँग पैसा र स्रोतसाधनको कमी छैन। जबसम्म नेपालमा अहिलेको सरकार परिवर्तन हुँदैन, तबसम्म म नेपाल फर्किने छैन।”

उनी विसं २०७३ मा भएको महाधिवेशनमा कमल थापासँग अध्यक्ष पदमा पराजित भएका थिए । यसपछि उनी राप्रपामा सक्रिय छैनन् । राणाले फेसबुकमा भने आफू राष्ट्रिय प्रजातन्त्र पार्टीको सहमहामन्त्री भएको दाबी गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव