२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्ने माग कायम छ : अध्यक्ष प्रचण्ड

२०८१, २ चैत्र शनिबार १७:२२

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरा आफूले पहिलेदेखि नै उठाउँदै आएको बताएका छन् ।

समाजवादी मोर्चा नेपालको पत्रकार सम्मेलनमा बोल्दै उनले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरा आफूले पहिलेदेखि नै उठाउँदै आएको बताए ।

उनले भने, ‘दरबार हत्याकाण्ड भएका बेला हामी जनयुद्धमै थियौं । त्यसबेला निष्पक्ष छानबिनको कुरा उठाएका थियौं । पहिलो संविधानसभापछि म पहिलोपटक प्रधानमन्त्री भएपछि पनि यो विषय उठाएको हुँ |’, ‘मैले जनताले उठाएको आशंकालाई अगाडि ल्याएको हुँ ।’

साथै उनले संविधानले निर्माण गर्दा धर्म निरपेक्ष बनाइएकाले सनातनदेखिको परम्परागत धर्म संस्कृतिको संरक्षण पनि समावेश गरिएको बताए ।

उनले जनताले आफ्नो आस्था अनुसार कुनैपनि धर्म, संस्कृति मान्नेहरुलाई कहिल्यैपनि अपमान नगरेको बताए ।

उनले भने, ‘जनताले आफ्नो आस्था अनुसार कुनैपनि धर्म, संस्कृति मानेका छन् । त्यसमा कहिले पनि अपमान गरेका छैनौं । प्रष्टसँग राज्यले हस्तक्षेप गर्नु हुन्न । त्यो जनताको स्वतन्त्रताको कुरा हो । कुन धर्म, कुन संस्कृति, कुन परम्परालाई मान्ने भन्ने कुरा अधिकार हो । हाम्रो संविधानले निर्माण गर्दा धर्म निरपेक्षमा पनि सनातनदेखिको परम्परागत धर्म संस्कृतिको संरक्षण पनि गर्दै आएको छ ।’

प्रचण्डले समाजवादी मोर्चाको गन्तव्य समाजवादी गणतन्त्रसम्म जाने रहेको भन्दै वैज्ञानिक समाजवाद स्थापना गरी जनताको जीवनमा परिवर्तन ल्याउने नयाँ संकल्प लिइएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण