६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रघुजी पन्तले राजा त्रिभुवनको आलोचना गर्दा ज्ञानेन्द्र शाही उठेर विरोध गरेपछि संसदमा वादविवाद

३ चैत्र २०८१, आईतवार १२:५४

काठमाडौँ | प्रतिनिधिसभाको बैठकमा एमाले सांसद रघुजी पन्त र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीबीच वादविवाद भएको छ । पन्तले विशेष समय लिएर बोल्दै गर्दा शाहीले उठेर विरोध जनाएपछि सभामुखले हस्तक्षेप गर्नुपर्‍यो ।

आफ्नो सम्बोधनमा पन्तले इतिहास कोट्याउँदै नेपालको राजतन्त्रको नकारात्मक चित्रण गरेका थिए । पृथ्वीनारायण शाह हुँदै राजा त्रिभुवनको प्रसङ्गमा उनी आइसकेपछि शाहीले उठेर प्रतिवाद गरेका हुन् ।

राजा त्रिभुवन दिल्ली जाँदा विभिन्न ठाउँमा ‘रसरंग मच्चाउन थालेपछि भारतीय प्रधानमन्त्रीहरुले नै आलोचना गरेको दाबी पन्तले गरेका थिए । उनले यस्तो बोलिरहँदा शाहीले उठेर बिना प्रमाण आधारहिन कुराहरू संसदमा नबोल्न चेतावनी दिए । पन्तले भने इतिहास पढेर आउन शाहीलाई सुझाव दिए ।
शाहीले भनेका थिए, ‘बिना आधार राजाहरूको विषयमा जथाभाबी बोल्न पाइन्छ ?’

जवाफमा पन्तले भने, ‘के बोल्न पाइन्छ मलाई थाहा छ । ‘इतिहास पढेर आउनुस् महोदय । जुम्लामा हाहु गरेर आएको जस्तो होइन । मसित बहस गर्ने भए पढेर आउनुस् ।’

सभामुख देवराज घिमिरेले पनि शाहीलाई बोल्न समय नदिएको भन्दै बस्न आग्रह गरे । शाही नबसेपछि सभामुखले केहीबेर उनलाई सम्झाउन खोजे ।

पन्तले आफूलाई बोल्न डिस्टर्व गरिएको भन्दै यो समयको हिसाब गर्न सभामुख समक्ष माग गरे । सभामुखले पनि उनको माग अनुसार फेरि समय थप गरिदिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान