२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिके राउत र रेशम चौधरीको मिलनपछि पार्टीको नाम नागरिक जनमत, चुनाव चिन्ह ढकिया राख्ने

२०८१, ११ चैत्र सोमबार १३:२७

काठमाडौँ | जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित भएको छ। पार्टी एकताको लागि दुवै पक्ष सहमति भएर एकीकरणको लागि गठन भएको कार्यदलले प्रक्रिया थालेको हो।

कार्यदलको पहिलो बैठक हिजो बसेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले बताए। उनले भने, ‘पार्टी एकता निश्चित भइसक्यो। हिजो हामीले कार्यदलको पहिलो बैठक बसेर सामान्य छलफल गरेर काम अघि बढाएका छौँ। चाँडै टुंग्याउँछौं।’

एकीकृत पार्टीको अध्यक्षमा डा. सिके राउत, संरक्षक रेशम चौधरी र सहअध्यक्ष रञ्जिता श्रेष्ठ हुने सहमति भइसकेको छ।

पार्टीको नाम नागरिक जनमत राख्ने भन्नेबारेमा छलफल भइरहेको उनले बताए। जनमतबाट एकताको लागि गठन कार्यदलको सदस्य समेत रहेका यादवले पार्टीको नाम र चुनाव चिन्हबारे पनि चाँडै सहमतिमा पुग्ने बताए। उनले थपे, ‘पार्टीको नाम नागरिक जनमत राख्ने भन्ने कुरा भइरहेको छ। यसले दुवै पक्षलाई समेट्छ छलफलको चरणमा छौँ। चुनाव चिन्ह ढकिया रहन्छ। त्यो डाक्टरसाव (सिके राउत) ले पनि सार्वजनिक रूपमै स्वीकारिनसक्नुभएको छ।’

उनले पार्टी पदाधिकारीसहित आवश्यक संरचना कार्यदलले टुंग्याउने बताए। जनमतबाट कार्यदलमा उपाध्यक्ष अब्दुल खान, डा. शरदसिंह यादव, बालगोविन्द चौधरी रहेका छन् भने नागरिक उन्मुक्ति पार्टी तर्फबाट गंगा चौधरी, सुनिता चौधरी, रामलाल डगोरा थारु रहेका छन्।

त्यसो त जनमतसँग पार्टी एकताको निर्णय गर्न बसेको केन्द्रीय समितिको बैठकमा पुगेर सिके राउतले सम्बोधन गरिसकेका छन्। उनले बैठकमा रेशम र रञ्जिताको प्रशंसा गर्दै विगतको गल्ती आत्मसमीक्षा गर्दै अब एकताबद्ध हुनुपर्ने बताएका थिए।

चुनावपछि नै गरेको एकताको प्रयास सफल भएको भए कम्तीमा आफूहरूको पार्टी ३० सीट जित्नसक्ने विश्लेषण सुनाएका थिए। उनले भनेका थिए, ‘अब मिलौँ भनेर हामी यहाँ आएका छौँ। त्यसका लागि रेशमजी, रञ्जिताजी पनि खटिनुभएको छ। हामी एकदमै सकारात्मक छौँ। यो सबैको सहयोग र सहमतिले नै हुन्छ यो। कसैले कसैको दबाबमा हुँदैन। सबैको सहमतिमा सबैलाई सम्मान गरेरै हुन्छ। हामी त्यो वातावरण बनाउँछौँ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु