२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलमानका पक्षमा प्रदर्शन, सिंहदरबार गेटमा युवा पक्राउ

२०८१, १२ चैत्र मंगलवार १७:२१

काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको विरोध गर्दै नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठन र मोर्चाले काठमाडौँमा प्रदर्शन गरेका छन्।

घिसिङलाई पदबाट हटाउने निर्णय जनविरोधी भएको भन्दै वाईसीएललगायतका माओवादी जनवर्गीय संगठन र मोर्चाले काठमाडौँमा विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले अँध्यारोको रक्षक : कुशलको भक्षक, ओलीको सरकार बिचौलियाको मतियार, कुशल व्यवस्थापक कुलमान घिसिङलाई बर्खास्त गर्न पाइँदैनलगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए।

माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले वर्तमान सरकारले एकपछि अर्को जनविरोधीका काम गर्दै अघि बढेकाले प्रदर्शन गरिएको बताए। कुलमानलाई बर्खास्त गरेर वर्तमान सरकार प्रतिगमनतर्फ उन्मुख भएकाले त्यसविरुद्ध सडकमा आउनुपरेको सापकोटाको भनाइ छ।

घिसिङलाई पदबाट हटाएको विरोधमा स्वतन्त्र युवाहरुले पनि विरोध प्रदर्शन गरेका छन्। लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन भन्दै उनीहरुले मंगलबार काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। उनीहरुले कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय निरंकुश र भ्रष्ट भएको भन्दै खारेज गर्न माग गरेका छन्।

ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको विरोध गर्दै ऊर्जामन्त्रीलाई पदमुक्त गर्नुपर्ने भन्दै नेकपा बहुमतका युवाहरुले सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए। निषेध क्षेत्रमा प्रदर्शन भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार