६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलमानका पक्षमा प्रदर्शन, सिंहदरबार गेटमा युवा पक्राउ

१२ चैत्र २०८१, मंगलवार १७:२१

काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको विरोध गर्दै नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठन र मोर्चाले काठमाडौँमा प्रदर्शन गरेका छन्।

घिसिङलाई पदबाट हटाउने निर्णय जनविरोधी भएको भन्दै वाईसीएललगायतका माओवादी जनवर्गीय संगठन र मोर्चाले काठमाडौँमा विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले अँध्यारोको रक्षक : कुशलको भक्षक, ओलीको सरकार बिचौलियाको मतियार, कुशल व्यवस्थापक कुलमान घिसिङलाई बर्खास्त गर्न पाइँदैनलगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए।

माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले वर्तमान सरकारले एकपछि अर्को जनविरोधीका काम गर्दै अघि बढेकाले प्रदर्शन गरिएको बताए। कुलमानलाई बर्खास्त गरेर वर्तमान सरकार प्रतिगमनतर्फ उन्मुख भएकाले त्यसविरुद्ध सडकमा आउनुपरेको सापकोटाको भनाइ छ।

घिसिङलाई पदबाट हटाएको विरोधमा स्वतन्त्र युवाहरुले पनि विरोध प्रदर्शन गरेका छन्। लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन भन्दै उनीहरुले मंगलबार काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। उनीहरुले कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय निरंकुश र भ्रष्ट भएको भन्दै खारेज गर्न माग गरेका छन्।

ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको विरोध गर्दै ऊर्जामन्त्रीलाई पदमुक्त गर्नुपर्ने भन्दै नेकपा बहुमतका युवाहरुले सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए। निषेध क्षेत्रमा प्रदर्शन भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता