साउन १८, गौशाला । श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुरले नेकपा एमाले र मधेश केन्द्रित दल दुवै बिखण्डनवादी रहेको आरोप लगाउनुभएको छ । 

महोत्तरीको जल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १८, गौशाला । श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुरले नेकपा एमाले र मधेश केन्द्रित दल दुवै बिखण्डनवादी रहेको आरोप लगाउनुभएको छ । 

महोत्तरीको जल"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले र मधेश केन्द्रित दल दुवै बिखण्डनवादी: मन्त्री मन्सुर

१८ श्रावण २०७४, बुधबार ०९:१०

साउन १८, गौशाला । श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुरले नेकपा एमाले र मधेश केन्द्रित दल दुवै बिखण्डनवादी रहेको आरोप लगाउनुभएको छ । 

महोत्तरीको जलेश्वरमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो – “एमाले र मधेश केन्द्रित दलका हठका कारण संविधानले पूर्णता र सर्वस्वीकार्यता पाउन नसकेर देश विकासको गतिमा अवरोध उत्पन्न भएको छ ।” 

मन्त्री मन्सुरले एमालेले सधैँ पहाडवादी राष्ट्रवादको नारा लगाएर मधेश र मधेशीलाई गाली र अपमानित गर्ने गरी पहाडे समुदायलाई मधेश विरोधी खडा गर्ने तथा मधेश केन्द्रित दलले सधैँ मधेशवादी राष्ट्रवादको नारा लगाएर पहाड र पहाडे समुदायलाई गाली र अपमानित गर्ने काम गरेर देश बिखण्डनको दिशामा हिडाउन खोजेको आरोप लगाउनुभयो । 

नेपाली काँग्रेस शुरुदेखि नै संविधानलाई संशोधन र परिमार्जन गरेर मधेशी, थारु, आदिवासी जनजाति, पीछडिएको वर्गलगायत सबै नेपालीको माग सम्बोधन गरी संविधानलाई सर्वस्वीकार्यको दायरामा लैजान तयार रहेको चर्चा गर्दै उहाँले संविधान संशोधन तथा मधेशीलगायत सबै वर्ग समुदायको माग पूरा गर्ने वातावरण निर्माणका लागि काँग्रेस जिम्मेवारीपूर्वक कार्य गरिरहेको बताउनुभयो । 

मन्त्री मन्सुरले राजपाले उठाएका शहिद घोषणा, घाइतेको उपचारलगायतका माग पूरा हुने अवस्थामा रहेको र ती सबै काम नेपाली काँग्रेसले नै गराएको दाबी गर्दै नेपाली जनताको हक, अधिकार, देशमा दिगो शान्ति र विकासका लागि नेपाली काँग्रेस सधैंँ तत्पर रहेको भन्नुभयो । 

सबैको अधिकार, पहिचान र स्वाभिमानको रक्षा तथा देशको विकास र समृद्धिका लागि तेश्रो चरणअन्तर्गत हुने स्थानीय तहलगायत तिन वटै तहको निर्वाचनमा काँग्रेसलाई पूर्ण बहुमतका साथ जिताउन सबैमा उहाँले अपिल गर्नुभयो । 

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा मन्त्री मन्सुरले महोत्तरीलगायत तराई क्षेत्रमा पर्याप्त सम्भावना र अवसर रहेको उद्योग, कलकारखाना स्थापनाका लागि सरकार गम्भीर रहेको छ भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता