२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनिता डंगोल पनि प्रशासकीय अधिकृत सरोज गुरागाईँको स्वागतमा

२०८१, २१ चैत्र बिहीबार १३:००

काठमाडौँ | कार्यालय फर्किएका प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसहित जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका छन् ।

साढे तीन महिनापछि कार्यालय फर्किएका प्रशासकीय अधिकृत गुरागाईँलाई मेयर बालेन्द्र साहबाहेकका जनप्रतिनिधिहरूले स्वागत गरेका हुन् ।बिहीबार नगर प्रहरीको अवरोध असफल भएपछि गुरागाईं कार्यालयमा हाजिर भएका हुन् ।

गत पुस ७ गतेदेखि बिदामा रहेका गुरागाईंपछि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका गोविन्दप्रसाद शर्माले राजीनामा दिएपछि महानगर प्रशासन नेतृत्वविहीन अवस्थामा पुगेको छ ।

प्रमुख प्रशासकीय अधिकृतको अभावमा तलब नपाएको भन्दै महानगरका कर्मचारीहरू आक्रोशित बनेका छन् । उनीहरूले गुरागाईंलाई पुनः पदमा स्थापित गराउने अडान लिएका छन् ।

मेयर बालेन शाहले काठमाडौँ टावरको नक्सा पासमा अनियमितता गरेको आरोपमा गुरागाईंलाई अघोषित निलम्बनमा राखेका थिए । उनलाई कार्यालय प्रवेश गर्न निषेध गरेका थिए । मेयर शाहले गुरागाईंलाई हटाएर नयाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्न चाहेका थिए, तर कुनै पनि आरोप पुष्टि नहुँदा सरकारले उनलाई हटाउन इन्कार गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह