साउन १९, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल एक चीन नीतिको पक्षमै दृढ रहेको बताउनुभएको छ । 

साइनो नेपाल मिडिया सोसाइ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १९, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल एक चीन नीतिको पक्षमै दृढ रहेको बताउनुभएको छ । 

साइनो नेपाल मिडिया सोसाइ"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल एक चीन नीतिको पक्षमा दृढ छ: मन्त्री बस्नेत

१९ श्रावण २०७४, बिहीबार १०:३९


साउन १९, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल एक चीन नीतिको पक्षमै दृढ रहेको बताउनुभएको छ । 

साइनो नेपाल मिडिया सोसाइटीले नेपाल–चीन दौत्य सम्बन्ध कायम भएको ६२औँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपाल र चीनबीच सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध अझ सुदृढ हुँदै गएको छ भन्नुभयो । 

नेपालमा चीन विरोधी गतिविधि गर्न नदिन सरकार सदैव सचेत र सतर्क छ भन्दै मन्त्री बस्नेतले नेपालको आन्तरिक मामिलामा चीन मौन रहनु र दैवी विपत्तिमा चिनियाँ जनता नेपालीको घरदैलोसम्म पुग्नुले पनि नेपाल–चीन बीचको सम्बन्ध प्रगाढ, मैत्रीपूर्ण र भाइचारामा आधारित रहेको चर्चा गर्नुभयो । उहाँले चीनसँग जोडिन बाँकी ११वटा नाका खुलेपछि चिनियाँ र नेपाली जनताबीच अझै सुमधुर सम्बन्ध कायम हुने जानकारी दिनुभयो । 

सांसद रूपा महर्जनले छिमेकी मुलुक चीन र भारतबाट नेपालले धेरै लाभ लिन सक्ने बताउँदै नेपाल दुई देशबीच सेतुका रुपमा रहनुपर्ने बताउनुभयो । 

उहाँले चीनले लिएको वान रोड वान वेल्ट (ओआरओवी) अवधारणमा नेपालले सहमति जनाइसकेको जानकारी दिनुभयो । सन् २०१३ मा चीनका राष्ट्रपति सी जिन पिङले सो अवधारण अघि सार्नुभएको थियो । हाल सो अवधारणमा नेपालसहित ६८ राष्ट्रले सहमति जनाइसकेका छन् । 

नेपालका लागि चीनका राजदूत यू ह्वाङले नेपाल र चीन सरकारबीचको सम्बन्ध पुरानो र जनस्तरसम्म फैलिएको बताउनुभयो । उहाँले नेपालको विकासमा चीन सरकार सदैव सकारात्मक रहेको उल्लेख गर्दै चिनियाँ लगानीबाट नेपालमा केही ठूला परियोजना सम्पन्न भएको स्मरण गराउनुभयो । 

पूर्व परराष्ट्रमन्त्रीद्वय महेन्द्रबहादुर पाण्डे र रमेशनाथ पाण्डेले नेपाल र चीनबीचको सम्बन्ध अनुपम रहेको जानकारी दिनुभयो । 

कार्यक्रममा चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्की तथा सोसाइटीका अध्यक्ष ध्रव पौडेलले भारत र चीनसँगको सम्पर्क सदैव सन्तुलित र व्यावहारिक हुनुपर्ने बताउनुभयो । नेपाल र चीनबीच सन् १९५५ मा दौत्य सम्बन्ध कायम भएको थियो । रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए