२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि…

२०८१, २३ चैत्र शनिबार ०१:३८

काठमाडौँ । शुक्रबार बेलुका उच्च अदालतको आदेश आएको करिब एक घन्टामै नेपाल प्रहरी रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न पुग्यो । साढे ७ बजे उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको हो ।

अदालतको आदेश आएको एकै घण्टामा उनको घरमा पुगेको प्रहरीले पक्राउ पुर्जीबिनै लामिछानेलाई पक्राउ गर्न आएको देखेपछि केहि क्षेण बिबाद समेत सृजना भयो । त्यसै क्रममा प्रहरीका एक जना अधिकारीले ‘अन्तिम इच्छा’ भन्ने शब्द बोल्छन् ।

हतार गरेर पक्राउ गर्न पुगेको प्रहरीलाई लामिछानेका सहयोगीले पक्राउ पूर्जी वा अन्य कुनै कागज मागे । तर, प्रहरीसँग त्यो तयार थिएन । प्रहरीको एकजना अधिकारी त्यहि उक्त कागजात तयार गर्नतिर लागे । केही समय विवाद भएपछि प्रहरीले पूर्जी दिएर उनलाई नियन्त्रणमा लियो ।

पक्राउका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेत, एसपी मनोहर भट्ट, डिएसपी दिपक खड्का लगायत पुगेका थिए । पक्राउको क्रममा डिएसपी दिपक खड्काले ‘अन्तिम इच्छा पूरा गर्न दिने’ भनेर बताएपछि अर्को विवाद सुरु भयो । प्रहरी अधिकारीले बोलेको यो शब्दले प्रहरीले पक्राउ गरेर ‘इन्कान्टर’ गर्न खोजेको भन्ने विषय उठ्यो । त्यसैको विषयमा रविका सहयोगीले उनीमाथि प्रश्न गरेका थिए । पछि खड्काले आफ्नो बोली सच्याउदै पक्राउ पर्नुअघि वकिलसँग सल्लाह गर्ने लगायत अन्तिम तयारीका लागि आफुले त्यसो भनेको बताएका थिए ।

अहिले सामाजिक संजालमा डिएसपी दिपक खड्काले बोलेको अभिव्यक्तिलाई लिएर चर्को आलोचना भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार